दैनिक समाचारदाता
राजविराज, १३ भदौं ।
कोभिड १९ ले लामो समयदेखी बन्द रहेका सप्तरीका नीजि विद्यालयहरुले बुधबार भदौं १६ गतेदेखी संचालन गर्ने निर्णय गरेका छन् ।
नीजि विद्यालयहरुको छाता संगठन प्याब्सन, नेशनल प्याब्सन र नेपाल प्याब्सन सप्तरीले आइतबार संयुक्त विज्ञप्ति जारि गर्दै कोभिड १९ को संक्रमण दर प्रदेश २ मा ५ प्रतिशत भन्दा कम तथा सप्तरीमा लगभग शुन्य प्रतिशतमा रहेको दाबी गर्दै विद्यालय संचालन गर्ने निर्णय गरिएको जनाइएको छ ।
सोही विज्ञप्तिमा बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक तथा सामाजिक विकासलाई ध्यानमा राखि भौतिक उपस्थितिमा विद्यालय संचालन बाहेक अन्य विकल्प नरहेको जनाउँदै स्वास्थ्य मापदण्ड मास्क, सामाजिक दुरी तथा सेनिटाइजर कडाईका साथ पालना गर्ने प्रतिबद्धता जनाइएको छ ।
विद्यालयहरुले अनुकुल समयमा दैनिक कक्षा संचालन गर्न गराउन सम्पूर्ण आवद्ध विद्यालयहरुलाई जानकारी गराउँदै विज्ञप्तिमा विद्यालय संचालनका लागि प्रत्यक्ष रुपमा वातावरण बनाउने तथा सहमति दिने जिल्लाका सबै पालिका, प्रमुख तथा जिल्ला प्रशासन, संचारकर्मी तथा अन्य सरोकारवालाप्रति आभार समेत प्रकट गरेको छ ।
यता सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जिल्लामा कोभिड १९ को जोखिम कायमै रहेकोले तत्कालै विद्यालय खोल्ने अवस्था नरहेको जानकारी दिएका छन् । प्रजिअ आचार्यले आउँदो दिनमा कोभिडको जोखिम अझ बढ्न सक्ने भन्दै जिल्ला संकट व्यवस्थापन समितिले निर्णय गर्दै सम्पूर्ण स्थानिय तहलाई विद्यालय नखोल्न आग्रह गर्दै पत्राचार समेत गरेको बताए ।
स्थानिय सरकार ऐन अन्तरगत विद्यालय संचालन गर्ने निर्णय स्थानिय तहलाई रहेको भन्दै प्रजिअ आचार्यले यदी विद्यालय संचालन भएमा सम्पूर्ण जोखिमको जवाफदेहिता स्थानिय तह तथा सम्बन्धीत विद्यालयकै हुने समेत बताए ।
यस्तै राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले विद्यालय संचालन सम्बन्धी हालसम्म कुनै निर्णय नभएको भन्दै छिटै नै यस सम्बन्धमा सबै पालिकाको बैठक बसी निर्णय गरिने जानकारी दिएका छन् ।
सप्तरीमा नीजि विद्यालयहरु संचालन गर्ने निर्णय, प्रजिअ भन्छन् : जोखिम कायमै रहेकोले विद्यालय खोल्न मिल्दैन
सारांश
- नीजि विद्यालयहरुको छाता संगठन प्याब्सन, नेशनल प्याब्सन र नेपाल प्याब्सन सप्तरीले आइतबार संयुक्त विज्ञप्ति जारि गर्दै कोभिड १९ को संक्रमण दर प्रदेश २ मा ५ प्रतिशत भन्दा कम तथा सप्तरीमा लगभग शुन्य प्रतिशतमा रहेको दाबी गर्दै विद्यालय संचालन गर्ने निर्णय गरिएको जनाइएको छ ।
- सोही विज्ञप्तिमा बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक तथा सामाजिक विकासलाई ध्यानमा राखि भौतिक उपस्थितिमा विद्यालय संचालन बाहेक अन्य विकल्प नरहेको जनाउँदै स्वास्थ्य मापदण्ड मास्क, सामाजिक दुरी तथा सेनिटाइजर कडाईका साथ पालना गर्ने प्रतिबद्धता जनाइएको छ ।
- विद्यालयहरुले अनुकुल समयमा दैनिक कक्षा संचालन गर्न गराउन सम्पूर्ण आवद्ध विद्यालयहरुलाई जानकारी गराउँदै विज्ञप्तिमा विद्यालय संचालनका लागि प्रत्यक्ष रुपमा वातावरण बनाउने तथा सहमति दिने जिल्लाका सबै पालिका, प्रमुख तथा जिल्ला प्रशासन, संचारकर्मी तथा अन्य सरोकारवालाप्रति आभार समेत प्रकट गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया