दैनिक समाचारदाता
राजविराज, २० भदौं ।
सप्तरीको तिरहुत गाउँपालिका ३ गोईठीमा आगलागी घटना नियन्त्रणमा सघाएका एक परिवार माथी नै आगो लगाएको आरोप लगाउँदै कुटपीट गरिएको घटना सार्वजनिक भएको छ ।
प्रहरीबाट तथा गाउँमा कतै कुनै सुनवाई नभएपछी पीडित परिवार न्याय खोज्दै अधिकारकर्मी र सञ्चारकर्मी माझ पुगेपछी घटना सार्वजनिक भएको हो ।
पीडित परिवारले घटनामा वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता रहेकाले प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गर्दा न्याय पाउन ढिलाई भएको गुनासो समेत गरेका छन ।
घटना विवरण अनुसार गोइठीस्थित कंकालिनी सहकारी संस्था लि.मा कृष्णाष्टमीका दिन आगलागी भएको थियो । स्थानीय महेन्द्र मेहताद्वारा संचालित सो सहकारी संस्थामा राती १२ बजे तिर अचानक आगलागी भएको थियो ।
सोही समय कृष्णाष्टमीको अवसर पारेर गाउँ मै आयोजना गरिएको अष्ट्याममा सहभागी भई फर्कदै गरेका सोही वडा निवासी ६८ वर्षिय बलराम मेहता र उनका ३६ वर्षिय छोरा राजकुमार पनि आगो निभाउन खटिएका थिए । आगो लागेको बारे बलरामका छोरा राजकुमारले नै प्रहरीलाई खबर गरेपछी प्रहरी र स्थानीयवासी समेत मिलेर १ घण्टाको प्रयास पछी आगो नियन्त्रणमा लिएका थिए ।
आगो निभाइएपछि प्रहरीले घट्ना मुचुल्का तयार गरी फर्के । तर, एक घण्टा पछी सहकारीका संचालक महेन्द्रका भाई विरेन्द्र (सशस्त्र प्रहरी सई) तथा दाजु जोगेन्द्र (शिक्षक) सहित आएका एक समुहले “पुरानो रिसइवी साध्न तिमीहरुले नै आगो लगाएको” भन्दै घरेलु हतियारबाट परिवार माथी नै अन्धाधुन्द आक्रमण गर्न थालेको र घाईते बनाई हिडेको पीडित मध्येका एक बलराम मेहताको भनाई छ ।
उनले कुटपीटबाट आपूmसँगै पत्नी कमलवती, छोरा राजकुमार, १० वर्षिया नातिनी पार्वतीसमेत घाईते भई उपचारका लागी धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएको बताए ।
सामान्य स्वास्थ्यलाभ पछी घर फर्केर पीडक विरुद्ध इलाका प्रहरी कार्यालय कंचनपुरमा पुगेर गत विहिबार जाहेरी दरखास्त दर्ता गराउन खोज्दा प्रहरीले दुबै पक्षलाई राखेर केही दिन पछी समस्या समाधान गर्ने भन्दै दरखास्त दर्ता नगरी फिर्ता पठाइदिएको पीडित मेहता परिवारको गुनासो छ ।
मेहता परिवारले पीडक पहुँचवाला भएकाले आपूmहरुको जाहेरी दरखास्त दर्ता गर्न प्रहरीद्वारा आलटाल गर्ने गरिएको गुनासो गरेका छन । उनी न्यायका लागी डिमन प्रहरी चौकी, ६ नं.गण सशस्त्र प्रहरी बलको कार्यालय तथा इलाका प्रहरी कार्यालय कंचनपुरसम्म न्याय खोज्दै पुगेका छन । तर, अहिलेसम्म कतैबाट न्याय पाउन नसकेको उनको भनाई छ ।
मेहता परिवारले पीडकहरुमाथी सरकारवादी फौजदारी अपराध मुद्दा अन्तर्गत कारवाही हुनुु पर्ने माग गरेका छन । यता इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी महेन्द्र नेपालले मेहता परिवारबीच पहिलेदेखी नै जग्गाको अंशको विषयलाई लिएर विवाद रहेको बताए । सोही विवाद अहिले यहाँसम्म आइपुगेको हो, उनले भने “जाहेरी दर्ता भन्दा पुर्व एक पल्ट डिमन प्रहरी चौकीमा दुबै पक्षलाई राखी समस्या समाधानको प्रयास गर्छौ, त्यहाबाट पनि समाधान ननिस्के कानुन बमोजिम अघि बढ्छौं ।”
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
सारांश
- प्रहरीबाट तथा गाउँमा कतै कुनै सुनवाई नभएपछी पीडित परिवार न्याय खोज्दै अधिकारकर्मी र सञ्चारकर्मी माझ पुगेपछी घटना सार्वजनिक भएको हो ।
- पीडित परिवारले घटनामा वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता रहेकाले प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गर्दा न्याय पाउन ढिलाई भएको गुनासो समेत गरेका छन ।
- घटना विवरण अनुसार गोइठीस्थित कंकालिनी सहकारी संस्था लि.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया