दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्म जयन्ति “मोहम्मद डे” शुक्रबार सद्भाव ¥यालीसहित हर्षोल्लासका साथ मनाइएको छ ।
राजविराज नगरपालिकास्थित नुरीजामा मस्जिदमा भेला भई हिन्दु धर्मावलम्बीहरुको सहभागितामा सद्भाव ¥याली निकालेका छन् ।
मधेश प्रदेश सरकारले मोहम्मद पैगम्बरको जन्म जयन्ति मनाउन शुक्रबार सार्वजनिक बिदा दिएपछि ¥यालीमा उल्लेख्य सहभागिता र उत्साह दुबै देखिएको मुस्लिम समाजका महासचिव इरसाद अन्सारीले बताए ।
निकालिएको सद्भाव ¥यालीमा राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत परबिन, वडाअध्यक्ष दिनेश साह, अनिल दासका साथै ठूलो संख्यामा हिन्दु धर्मावलम्बी समेत सहभागि भए ।
राजविराजमा विभिन्न स्थानबाट आएका मुस्लिम समुदायका युवा, युवती, बृद्धबृद्धा तथा बालबालिकाहरुले शान्ति र सद्भावको पक्षमा नारा लगाउँदै बजार क्षेत्र परिक्रमा गरेका थिए ।
इस्लामिक पात्रो हिजरी सम्वत्को रब्बि अब्बल महिनामा साउदी अरबको मक्कामा विबी अमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ति मनाउने गरिएको मुस्लिम समाजका उपाध्यक्ष फैयाज अन्सारीले बताए ।
यस अवसरमा विभिन्न नाअत सरिफ वाचन गर्ने तथा उनका उपदेश र बानीको स्मरण गर्ने गरिएको मौलाना कैशर रजा बताउँछन् । पैगम्बर मोहम्मदले आफ्नो जिवनको सम्पूर्ण लक्ष्य समाज सुधार र ब्यवहारिक धर्मको प्रचार प्रसारमा केन्द्रित गर्नुका साथै समाजमा रहेका रुढीवादी सोच, परम्परा, अन्धविश्वास र बिकृतीहरुको बिरुद्ध ठूलै संघर्ष गरेको मुस्लिम अगुवाहरुको भनाई छ ।
पैगम्बरको जन्म जयन्तिमा राजविराजमा सद्भाव ¥याली
सारांश
- राजविराज नगरपालिकास्थित नुरीजामा मस्जिदमा भेला भई हिन्दु धर्मावलम्बीहरुको सहभागितामा सद्भाव ¥याली निकालेका छन् ।
- मधेश प्रदेश सरकारले मोहम्मद पैगम्बरको जन्म जयन्ति मनाउन शुक्रबार सार्वजनिक बिदा दिएपछि ¥यालीमा उल्लेख्य सहभागिता र उत्साह दुबै देखिएको मुस्लिम समाजका महासचिव इरसाद अन्सारीले बताए ।
- निकालिएको सद्भाव ¥यालीमा राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत परबिन, वडाअध्यक्ष दिनेश साह, अनिल दासका साथै ठूलो संख्यामा हिन्दु धर्मावलम्बी समेत सहभागि भए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया