एचआइभी संक्रमित तथा उनका परिवारजनलाई राहत

राजविराज राजविराज
|
बिहिबार, बैशाख ११, २०७७
|
|
२२ पटक हेरिएको
Shares
एचआइभी संक्रमित तथा उनका परिवारजनलाई राहत

सारांश

  •     तर, ती विपन्न बाहेक अन्य असाहय व्यक्तिहरुका लागि विभिन्न सामाजिक संघसंस्था तथा व्यक्तिगत रुपमा पनि राहत बितरण गरिएको छ ।
  •       यसैबीच एचआइभी संक्रमित तथा उनका परिवारजनलाई स्पर्श नेपाल सप्तरीले विभिन्न खाद्यान्न सामाग्रिहरु बितरण गरेको छ ।
  •       राष्ट्रिय एचआइभी एड्स महासंघ नेपालको सहयोगमा स्पर्श नेपालले २४ एचआइभी संक्रमित तथा उनका परिवारजनलाई राहत बितरण गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, ११ बैशाख । 
    कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिनका लागि सरकारले गरेको लकडाउनका क्रममा आर्थिक रुपमा विपन्न, गरिब तथा असाहयहरुलाई प्रदेश सरकारको आर्थिक सहयोग तथा स्थानिय सरकारको समन्वयमा राहत बितरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । 
    तर, ती विपन्न बाहेक अन्य असाहय व्यक्तिहरुका लागि विभिन्न सामाजिक संघसंस्था तथा व्यक्तिगत रुपमा पनि राहत बितरण गरिएको छ । 


    यसैबीच एचआइभी संक्रमित तथा उनका परिवारजनलाई स्पर्श नेपाल सप्तरीले विभिन्न खाद्यान्न सामाग्रिहरु बितरण गरेको छ ।  
    राष्ट्रिय एचआइभी एड्स महासंघ नेपालको सहयोगमा स्पर्श नेपालले २४ एचआइभी संक्रमित तथा उनका परिवारजनलाई राहत बितरण गरेको हो । 
    प्रति परिवार ८ किलो चामल, एक किलो दाल, एक किलो चिनि, एक किलो गेडागुडी, एक किलो नुन, ३० प्रति अण्डा, एक लिटर खाने तेल बितरण गरिएको स्पर्श नेपाल राजबिराज शाखाका संचालक ललन कुमार झाले जानकारी दिएका छन् । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?