अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”

राजविराज राजविराज
|
शनिबार, पौष ९, २०७९
|
|
२२ पटक हेरिएको
Shares
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”

सारांश

  •     सुझावका लागि स्थापना गरिएको उक्त साइन बोर्डमा “तपाईको उपचार यस अस्पतालमा हुन सकेन, के कारणले हुन सकेन ?
  • सो बारे लेखेर अस्पतालको पूर्जाको फोटो कपीसहित सुझाव पेटीकामा खसाल्नुहोस् ।
  • , हामी सुधारका लागि आवश्यक पहल गर्ने छौं ।

राजविराज÷गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको सुधारका लागि नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुले सुधारका निम्ति बिरामी तथा उनका आफन्तबाट गुनासा र सुझाव संकलनका लागि सुझाव पेटिकासहितको साइन बोर्ड स्थापना गरेका छन् । 
    जनमत पार्टीबाट सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ बाट निर्वाचित डा. सीके राउत तथा सोही क्षेत्रको १ र २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित क्रमशः सतिशकुमार सिंह र महेशप्रसाद यादवले शनिबार संयुक्त रुपमा गजेन्द्र नारायण सिंह अस्पताल हाताभित्र साइन बोर्ड र सुझाव पेटीका स्थापना गरेका हुन् । 
    सुझाव पेटीकाको नाम “जन आवाज” राखिएको छ । कार्यव्यवस्थताका कारण सुझाव पेटीका स्थापनाको समयमा जनमत पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य डा. राउत अनुपस्थित रहेपनि प्रदेशसभा सदस्यद्वय सिंह र यादवले संयुक्त रुपमा सुझाव पेटीकासहितको साइन बोर्ड स्थापना गरेका छन् । 
    सुझावका लागि स्थापना गरिएको उक्त साइन बोर्डमा “तपाईको उपचार यस अस्पतालमा हुन सकेन, के कारणले हुन सकेन ? सो बारे लेखेर अस्पतालको पूर्जाको फोटो कपीसहित सुझाव पेटीकामा खसाल्नुहोस् ।, हामी सुधारका लागि आवश्यक पहल गर्ने छौं ।” भनी लेखिएको छ । 
    “बिरामी र उनका आफन्तबाट बेला बेलामा विभिन्न खाले गुनासाहरु आउन थालेपछि यसको उचित व्यवस्थापनका लागि नयाँ जुक्ति निकालेको प्रदेशसभा सदस्य सिंहले बताए । अब सुझाव पेटीका मार्फत प्राप्त हुने सुझावलाई अध्ययन गरि अस्पतालमा सुधारका लागि विशेष पहल गछौं, अर्का प्रदेशसभा सदस्य यादवले भने, “यसबाट अस्पतालको धेरै समस्या समाधान गर्न मद्दत मिल्ने विश्वास छ ।” 
सुझाव पेटीका राखेको पहिलो दिननै आधार दर्जन भन्दा बढी बिरामी र उनका आफन्तले आ–आफ्ना गुनासा र सुझाव राखेको सो अस्पतालले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सय किलो गाजा बरामद
सय किलो गाजा बरामद
सप्तरीका डा. दिपक गुप्ता “नेपाल प्रविधि विद्याभूषण” बाट विभुषित
सप्तरीका डा. दिपक गुप्ता “नेपाल प्रविधि विद्याभूषण” बाट विभुषित
कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
अक्सिजन व्यवस्थापनका लागि प्रादेशिक  अस्पताललाई पाँच/पाँच लाख : मन्त्री साह
अक्सिजन व्यवस्थापनका लागि प्रादेशिक  अस्पताललाई पाँच/पाँच लाख : मन्त्री साह
कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरि संचालनमा ल्याइने ः भौतिक पूर्वाधार मन्त्रि यादव
कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरि संचालनमा ल्याइने ः भौतिक पूर्वाधार मन्त्रि यादव
तीनै तहको सरकारबीच समन्वयको  अभाव ः प्रदेश २ प्रमुख कायस्थ
तीनै तहको सरकारबीच समन्वयको  अभाव ः प्रदेश २ प्रमुख कायस्थ
फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट गरेको आरोपमा नन्द मरियम पक्राउ 
फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट गरेको आरोपमा नन्द मरियम पक्राउ 
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ताद्वय साह र यादव भिड्दै
उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ताद्वय साह र यादव भिड्दै
राजदेबी टोलमा लाखौको चोरी 
राजदेबी टोलमा लाखौको चोरी