निर्णय सच्याउन माँग गर्दै काँग्रेस, जसपा र जनमत पार्टीको प्रदर्शन

राजविराज राजविराज
|
आइतबार, आषाढ ७, २०७७
|
|
३३ पटक हेरिएको
Shares
निर्णय सच्याउन माँग गर्दै काँग्रेस, जसपा र जनमत पार्टीको प्रदर्शन

सारांश

  •     नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र जनमत पार्टीले छुट्टाछुट्टै रुपमा बिरोध प्रदर्शन गरेका छन् ।
  •       नेपाली काँग्रेस सप्तरीको कार्यालयबाट निस्केको बिरोध प्रदर्शनमा सरकार तथा सत्ताधारी दल नेकपा बिरुद्ध चर्को नाराबाजी गर्दै राजविराज बजार क्षेत्र परिक्रमा गरेको थियो ।
  •       सभापति दिनेश कुमार यादवले नेकपा सचिवालयले सत्ताको लोभ र दुई तिहाईको दम्भमा बिदेशी महिलालाई विवाहको सात वर्षपछि मात्र बैवाहिक अंगिकृत नागरिकता दिइने निर्णय गरेको बताए ।

दैनिक समाचारदाता
राजविराज, ७ असार । 
    विदेशी नागरिक बुहारी बनेर भित्रिएको सात वर्षपछि मात्र नागरिकता दिने सत्ताधारी दल नेकपाको निर्णयको बिरोध गर्दै आइतबार राजविराजमा प्रदर्शन गरिएको छ । 
    नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र जनमत पार्टीले छुट्टाछुट्टै रुपमा बिरोध प्रदर्शन गरेका छन् । 
    नेपाली काँग्रेस सप्तरीको कार्यालयबाट निस्केको बिरोध प्रदर्शनमा सरकार तथा सत्ताधारी दल नेकपा बिरुद्ध चर्को नाराबाजी गर्दै राजविराज बजार क्षेत्र परिक्रमा गरेको थियो । 

    सभापति दिनेश कुमार यादवले नेकपा सचिवालयले सत्ताको लोभ र दुई तिहाईको दम्भमा बिदेशी महिलालाई विवाहको सात वर्षपछि मात्र बैवाहिक अंगिकृत नागरिकता दिइने निर्णय गरेको बताए । उनले उक्त निर्णय नसच्याए नेपाली काँग्रेस आन्दोलनका सशक्त कार्यक्रमका साथ अगाडी बढ्ने चेतावनी समेत दिए । 
    यता राजविराजस्थित शिवमन्दिरको प्राङ्गणबाट निस्केको जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरु सम्मिलित बिरोध प्रदर्शनमा सरकार बिरुद्ध चर्का नाराबाजी गर्दै निर्णय फिर्ता लिन आग्रह गरेको छ । 

    जनता समाजवादी पार्टीका नेता दिनेश कुमार यादवले नेकपाको निर्णय मधेश बिरोधी तथा भारतसँगको बैवाहिक, साँस्कृतिक तथा रोटीबेटीको सम्बन्धमा असर पार्ने खालको भएको भन्दै नेकपाले सो निर्णय नसच्याए सशक्त आन्दोलनको गर्ने चेतावनी दिए । 

    यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीले पनि आइतबारै सत्ताधारी दल नेकपाले बिदेशी नागरिक बुहारी बनेर भित्रिएको सात वर्षपछि मात्र नागरिकता दिइने सम्बन्धी गरेको निर्णय मधेशी बिरोधी भएको भन्दै बिरोध प्रदर्शन गरेका छन् । जनमत पार्टीका नेताहरुले समेत नेकपाले नागरिकता संशोधन सम्बन्धी गरेको निर्णय नसच्याए आन्दोलन मार्फत निर्णय सच्याउन बाध्य पार्ने चेतावनी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला अदालत बार एकाईको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै 
जिल्ला अदालत बार एकाईको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै 
आइपुग्यो अक्सिजन प्लान्ट
आइपुग्यो अक्सिजन प्लान्ट
उद्योग व्यवसाय धरासायी भयो ः उद्योगि व्यवसायी
उद्योग व्यवसाय धरासायी भयो ः उद्योगि व्यवसायी
आत्महत्याका घटना सप्तरीमा भयावह बन्दै,  एकै दिन दुई महिलासहित तीन जनाले गरे आत्महत्या, आत्महत्याको प्रयास गरेकी अर्की महिलाको अवस्था गम्भिर
आत्महत्याका घटना सप्तरीमा भयावह बन्दै,  एकै दिन दुई महिलासहित तीन जनाले गरे आत्महत्या, आत्महत्याको प्रयास गरेकी अर्की महिलाको अवस्था गम्भिर
सप्तरीमा जनमत, काँग्रेस र जसपालाई एक÷एक सीट, प्रदेश मन्त्री साहको दोश्रो र काँग्रेस केन्द्रिय सदस्य यादवको चौथो प्रयास सफल
सप्तरीमा जनमत, काँग्रेस र जसपालाई एक÷एक सीट, प्रदेश मन्त्री साहको दोश्रो र काँग्रेस केन्द्रिय सदस्य यादवको चौथो प्रयास सफल
गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा तिलाठी बिजयी
गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा तिलाठी बिजयी
महाशिवरात्रीका लागि काबराको  संयोजकत्वमा ११ सदस्यीय पुजा समिति गठन
महाशिवरात्रीका लागि काबराको  संयोजकत्वमा ११ सदस्यीय पुजा समिति गठन
एक महिनामा २ सय २ फरार अपराधी पक्राउ, चाडपर्व लक्षित प्रहरीद्वारा विशेष सुरक्षा योजना लागु
एक महिनामा २ सय २ फरार अपराधी पक्राउ, चाडपर्व लक्षित प्रहरीद्वारा विशेष सुरक्षा योजना लागु
अतिविपन्न पाँच सय परिवारलाई ब्लायङकेट बितरण 
अतिविपन्न पाँच सय परिवारलाई ब्लायङकेट बितरण 
बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै
बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै