दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
किसानहरुको माग पुरा गर्न र निर्वाचनसँग सम्बन्धित माग लिएर शुक्रबार निर्वाचन कार्यालय सप्तरीमा धर्ना दिन पुगेका जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी हुँदा एक प्रहरीको दात भाचेको छ भने जनमतका पाँच जना कार्यकर्ता सामान्य घाइते भएका छन् ।
निर्वाचन कार्यालयको मुल गेट मै धर्ना दिन खोजेका जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले रोके पछि २० मिटर टाढा सडक मै उनीहरु धर्नामा वसेका थिए । सो क्रममा प्रहरी र प्रर्दशनकारी बीच केही बेर घम्साघम्सी समेत चलेको थियो ।
घम्साघम्सीकै क्रममा प्रहरी जवान विनोद यादवको दाँत भाचेको छ । प्रहरी जवान यादवले प्रर्दशनकारीले गरेको ढुंगा मुढाका क्रममा आफ्नो दाँत भाचेको बताए । जनमत पार्टीले भने प्रहरीले बल प्रयोग गर्दा आफ्नो पाँच जना कार्यकर्ता घाइते भएको जनाएको छ । पार्टीका जिल्ला सचिव थानेश्वर साहले प्रहरीले बल प्रयोग गर्दा संजय यादव, राजेश यादव, साधन दास, कल्पना यादव र प्रभु यादव लगायतका आफ्ना कार्यकर्ता घाइते भएको जानकारी दिएका छन् ।
यस्तै जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले आफुहरुले दुई महिना भन्दा बढी समयसम्म किसानहरुको समस्याप्रति प्रदेश र संघीय सरकार गम्भिर हुनुपर्ने तथा निष्पक्ष, मर्यादित चुनावको माँग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए ।
किसानको माग पुरा गर्नूृ पर्ने, निर्वाचन आयोगमा दर्ता रहेका दलहरुले पाइसकेका चुनाव चिन्हकै आधारमा स्थानीय तहको निर्वाचनमा पनि सहभागिता जनाउन पाउनु पर्ने, निर्वाचनमा कुनै दल विषेशको प्रभावमा नपरी स्वतन्त्र, निष्पक्ष र मर्यादित ढंगले काम गर्ने कर्मचारीलाई खटाउनु पर्ने लगायतका माग अघि सार्दै प्रर्दशनमा उत्रेका उनीहरुले नगर क्षेत्रको परिक्रमा पछि जिल्ला निर्वाचन कार्यालय नजिक धर्ना दिएका हुन् ।
जनमतका कार्यकर्तालाई रोक्न खोज्दा प्रहरीको दाँत भाच्यो, जनमतका पाँच जना घाइते
सारांश
- निर्वाचन कार्यालयको मुल गेट मै धर्ना दिन खोजेका जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले रोके पछि २० मिटर टाढा सडक मै उनीहरु धर्नामा वसेका थिए ।
- सो क्रममा प्रहरी र प्रर्दशनकारी बीच केही बेर घम्साघम्सी समेत चलेको थियो ।
- घम्साघम्सीकै क्रममा प्रहरी जवान विनोद यादवको दाँत भाचेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया