लेखापढी व्यवसायी परीक्षामा आर्थिक अनियमितता भएको बारका पूर्वअध्यक्षहरुको आरोप

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, आश्विन १६, २०८३
|
|
३२ पटक हेरिएको
Shares
लेखापढी व्यवसायी परीक्षामा आर्थिक अनियमितता भएको बारका पूर्वअध्यक्षहरुको आरोप

सारांश

  • बार इकाइका पूर्वअध्यक्षहरू अधिवक्ता रामप्रसाद चौधरी, अधिवक्ता कृपानारायण यादव, अधिवक्ता उपेन्द्र प्रसाद यादव लगायत आधा दर्जन अधिवक्ताहरुले शुक्रबार पत्रकार सम्मेलन गर्दै परीक्षा सञ्चालन तथा आर्थिक कारोबारमा पारदर्शिता नदेखिएको आरोप लगाएका हुन् ।
  • पूर्वअध्यक्षद्वयले वर्तमान कार्यसमितिका अध्यक्ष कामेश्वर यादव, सचिव रामएकवाल यादव र कोषाध्यक्ष निलमकुमारी यादवमाथि २३ लाख रुपैयाँभन्दा बढी रकमको हिसाब–किताब नमिलेको आरोप लगाएका छन् ।
  • पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा विगतमा पनि साधारणसभा नबोलाउने, आर्थिक हिसाब प्रस्तुत नगर्ने तथा लेखापरीक्षण लगायतका विषयमा विवाद र प्रश्न उठ्दै आएको उल्लेख गरिएको छ ।
दैनिक समाचारदाता
राजविराज, १६ असोज । 
सप्तरी जिल्ला अदालत बार इकाइ राजविराजको कार्यसमितिले संचालन गरेको लेखापढी व्यवसायी परीक्षामा आर्थिक अनियमितता भएको आरोप लगाइएको छ ।
बार इकाइका पूर्वअध्यक्षहरू अधिवक्ता रामप्रसाद चौधरी, अधिवक्ता कृपानारायण यादव, अधिवक्ता उपेन्द्र प्रसाद यादव लगायत आधा दर्जन अधिवक्ताहरुले शुक्रबार पत्रकार सम्मेलन गर्दै परीक्षा सञ्चालन तथा आर्थिक कारोबारमा पारदर्शिता नदेखिएको आरोप लगाएका हुन् ।
पूर्वअध्यक्षद्वयले वर्तमान कार्यसमितिका अध्यक्ष कामेश्वर यादव, सचिव रामएकवाल यादव र कोषाध्यक्ष निलमकुमारी यादवमाथि २३ लाख रुपैयाँभन्दा बढी रकमको हिसाब–किताब नमिलेको आरोप लगाएका छन् ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा विगतमा पनि साधारणसभा नबोलाउने, आर्थिक हिसाब प्रस्तुत नगर्ने तथा लेखापरीक्षण लगायतका विषयमा विवाद र प्रश्न उठ्दै आएको उल्लेख गरिएको छ । २०८२ चैत १२ गते बोलाइएको साधारणसभा पटक पटक स्थगित हुँदै अन्तिम पटक भएको बन्द सत्रमा समेत छलफल हुँदा बारको हरहिसाब चुस्त दुरुस्त नदेखिएको उनीहरुको आरोप छ ।
पछिल्लो पटक २०८३ जेठ २ढ गते साधारण सभाबाटै पूर्वअध्यक्ष अधिवक्ता रामकुमार यादवको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले कोषाध्यक्षको प्रतिवेदन उपर जाँच गर्दा हरहिसाबमा व्यापक अनियमितता देखिएको र आवश्यक कागजातहरु र बैंक स्टेटमेन्ट माग गर्दा सो समेत देखाउन बारका पदाधिकारीले आनाकानी गर्दा संयोजक अधिवक्ता यादवले उक्त समितिबाट राजिनामा दिनु परेको जारि विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा लेखापढी व्यवसायीको प्रमाणपत्रका लागि आवेदन दिएका परीक्षार्थीबाट शुल्क उठाइएको भए पनि सो रकमको सम्पूर्ण हिसाब नदेखाइएको दाबी गरिएको छ । साथै, बैंक मौज्दात, भुक्तानी तथा विभिन्न खर्चका कागजातबारे समेत प्रश्न उठाइएको छ ।
पूर्वअध्यक्षहरूले बार इकाइको आर्थिक कारोबारको स्वतन्त्र छानबिन तथा आवश्यक कागजात सार्वजनिक गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनैतिक व्यक्तिका कारण खेलाडीहरु पलायन  हुने अवस्था आएको हो ः मन्त्रि यादव
राजनैतिक व्यक्तिका कारण खेलाडीहरु पलायन  हुने अवस्था आएको हो ः मन्त्रि यादव
समुन्नती कार्यक्रम अन्तरगत बार्षिक  कार्यक्रमको समिक्षा एवं अनुगमन
समुन्नती कार्यक्रम अन्तरगत बार्षिक  कार्यक्रमको समिक्षा एवं अनुगमन
क्षमता भन्दा तीन गुणा कैदीबन्दी
क्षमता भन्दा तीन गुणा कैदीबन्दी
जग्गा विवादमा कुटपिट हुँदा देवर भाउजु घाइते
जग्गा विवादमा कुटपिट हुँदा देवर भाउजु घाइते
अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप
अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप
देश कंगाल, नेता मालामाल बन्दै गएका छन् ः आजपा अध्यक्ष साह  
देश कंगाल, नेता मालामाल बन्दै गएका छन् ः आजपा अध्यक्ष साह  
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
बिकास र सम्बृद्धिका लागि दलहरु एकजुट हुनु आबश्यक ः अध्यक्ष यादव
बिकास र सम्बृद्धिका लागि दलहरु एकजुट हुनु आबश्यक ः अध्यक्ष यादव
एकल महिला संगठित हुँदै, स्वरोजगार बनाउने प्रयासको थालनी  
एकल महिला संगठित हुँदै, स्वरोजगार बनाउने प्रयासको थालनी  

छुटाउनुभयो कि ?