दैनिक समाचारदाता
राजविराज, १४ असोज ।
सप्तरीको छिन्नमस्ता मन्दिर परिसरमा नेपाली सेनाले निर्माण गरेको शिव मन्दिरको विधिपूर्वक उद्घाटन गरिएको छ ।
मध्यपुर्वी पृतनाका पृतनापति उपरथी श्रीकृष्ण बहादुर जिसीले फुलपातिको अवसर पारेर सो मन्दिरको उद्घाटन गरेका हुन् ।
मध्यपूर्वी पृतना अन्तर्गत श्री नं. २७ वाहिनी तथा सम्बन्धित युनिटहरुको समन्वय र पहलमा बनेको मन्दिरको उद्घाटनसँगै सो मन्दिर सञ्चालन गर्न समितिलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको राजविराजस्थित बरखगणका प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिए ।
उद्घाटन समारोहमा श्री नं. २७ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी नारायण बहादुर थापा, बरख गणका गणपति प्रमुख सेनानी सोवित बहादुर चन्द, मन्दिरका पिठाधिश महाकान्त ठाकुर, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी सहित स्थानीयहरुको उपस्थिती थियोनघस् ।
मन्दिरको उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै वक्ताहरूले नेपाली सेनाले राष्ट्रिय सुरक्षासँगै सांस्कृतिक सम्पदाको संरक्षणमा गरेको योगदान सराहनीय भएको बताए ।
नेपालकै प्रख्यात धार्मिक स्थलमध्ये पर्ने छिन्नमस्ता मन्दिरको ऐतिहासिक र सांस्कृतिक महत्वको स्मरण गर्दै वक्ताहरुले मन्दिर परिसरको संरक्षण, श्रद्धालु तथा पर्यटकमैत्री व्यवस्थापनका लागि स्थानीय तह, मन्दिर समिती र सुरक्षा निकाय संगको सहकार्यलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिए ।
समारोहमा छिन्नमस्ता गाउँपालिकाको तर्फबाट अध्यक्ष चौधरीले नेपाली सेनाका पृतनापति उपरथी कृष्ण बहादुर जिसी, वाहिनीपति सहायक रथी नारायण बहादुर थापा र गणपति प्रमुख सेनानी सोवित बहादुर चन्दलाई कदरपत्र प्रदान गरे ।
नेपाली सेनाको यस पहलले “नेपाली सेना सुरक्षा मात्र होइन, संस्कृति संरक्षण र समुदायसँग सहयात्रामा पनि समर्पित छ” भन्ने स्पष्ट सन्देश दिएको मन्दिर सञ्चालन समितिले जनाएको छ ।
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
सारांश
- मध्यपुर्वी पृतनाका पृतनापति उपरथी श्रीकृष्ण बहादुर जिसीले फुलपातिको अवसर पारेर सो मन्दिरको उद्घाटन गरेका हुन् ।
- मध्यपूर्वी पृतना अन्तर्गत श्री नं.
- २७ वाहिनी तथा सम्बन्धित युनिटहरुको समन्वय र पहलमा बनेको मन्दिरको उद्घाटनसँगै सो मन्दिर सञ्चालन गर्न समितिलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको राजविराजस्थित बरखगणका प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया