ठूलो परिमाणको पटाका बरामदपछि नष्ट

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक २८, २०७७
|
|
४९ पटक हेरिएको
Shares
ठूलो परिमाणको पटाका बरामदपछि नष्ट

सारांश

  •     भारतसँग जोडिएको जिल्लाको विभिन्न नाकाहरुबाट चोरीलुकी भित्राउँदै गरिएको तीन लाख बढी मुल्य बराबरको पटाकाहरु बरामद गरि नष्ट गरेको हो ।
  •       चाडपर्वमा सीमापारीबाट भित्रिने पटाका र त्यसबाट जनधनमा पुग्ने क्षति रोक्न सिमा क्षेत्रमा निगरानी बढाएपछि ठूलो परिमाणमा प्रहरीले विभिन्न किसिमका पटाका बरामद गरी नष्ट गरेको जनाएको छ ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रहरी कार्यालय हाताभित्र खाल्डो खनी बरामद पटाकाहरु नष्ट गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक । 
    तिहार अन्तरगत लक्ष्मी पूजा एवं दिपावलीको पूर्वसन्ध्यामा सप्तरी प्रहरीले ठूलो परिमाणको पटाकाहरु बरामद गरि नष्ट गरेको छ । 
    भारतसँग जोडिएको जिल्लाको विभिन्न नाकाहरुबाट चोरीलुकी भित्राउँदै गरिएको तीन लाख बढी मुल्य बराबरको पटाकाहरु बरामद गरि नष्ट गरेको हो । 
    चाडपर्वमा सीमापारीबाट भित्रिने पटाका र त्यसबाट जनधनमा पुग्ने क्षति रोक्न सिमा क्षेत्रमा निगरानी बढाएपछि ठूलो परिमाणमा प्रहरीले विभिन्न किसिमका पटाका बरामद गरी नष्ट गरेको जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रहरी कार्यालय हाताभित्र खाल्डो खनी बरामद पटाकाहरु नष्ट गरेको छ । 
    सप्तरी प्रहरीका सूचना अधिकारी एवं डिएसपी भुवनेश्वर प्रसाद साहका अनुसार चेकजाँचका क्रममा भारतीय सिमासँग जोडिएको सप्तरीको बोदेबर्साइन नगरपालिका, राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका र छिन्नमस्ता गाउँपालिका लगायतका नाका क्षेत्रमा विभिन्न व्यक्तिबाट ठूलो परिमाणमा जफत गरिएका नागिन पटाका, आलु बम, सप्तरंगी पटाका, रकेट बम, चकलेट बम, मिनि बुलेट लगायतका ३ लाख ३२ हजार ७ सय ५० रुपैया बराबरको पटाका नष्ट गरिएको हो । 

    यता सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाले कोरोना महामारीका बेला घरमै बसेर चाडपर्व मनाउन आग्रह गर्दै राज्यले प्रतिबन्ध गरेको पटाकाका कारण परिवार र समाजमा पुग्न सक्ने क्षतिबारे सबैलाई जागृत गराउन प्रहरीले पर्चा, पम्पलेट र म्याकिङ्ग मार्फत सचेतना समेत फैलाउन सुरु गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?