दैनिक समाचारदाता
राजविराज, ११ माघ ।
नेकपा सत्ता पक्षले माघ १३ गते राजविराजमा शक्ति प्रदर्शन गर्ने भएको छ । नेकपा (ओली समूह) प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलले आइतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि माघ १३ गते जनसभाको आयोजना गर्ने जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा जनसभामा उपप्रधानमन्त्री इश्वर पोखरेलका साथै सहरी विकास मन्त्री प्रभु साह, कानुन मन्त्री लिलानाथ श्रेष्ठ, महिला बालबालिका मन्त्री जुली महतो, प्रदेश सचिव सुमन प्याकुरेल र रघुबिर महासेठ समेत सहभागि हुने उनले जानकारी दिए । पत्रकार सम्मेलनमा पूर्वउपसभामुख एवं केन्द्रिय सदस्य गंगाप्रसाद यादवसमेत सहभागि थिए ।
उक्त जनसभालाई भव्यरुपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पुरा भएको पार्टीका जिल्ला प्रवक्ता समेत रहेका केन्द्रिय सदस्य सुखराम यादवले जानकारी दिए ।
यसअघि राजविराजमा माघ ८ गते यूवा संघ नेपालका केन्द्रिय इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यमा यूवाहरुको ¥याली तथा प्रदर्शन र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।
माघ १३ गते सत्तापक्षिय नेकपाको शक्ति प्रदर्शन
सारांश
- पत्रकार सम्मेलनमा जनसभामा उपप्रधानमन्त्री इश्वर पोखरेलका साथै सहरी विकास मन्त्री प्रभु साह, कानुन मन्त्री लिलानाथ श्रेष्ठ, महिला बालबालिका मन्त्री जुली महतो, प्रदेश सचिव सुमन प्याकुरेल र रघुबिर महासेठ समेत सहभागि हुने उनले जानकारी दिए ।
- पत्रकार सम्मेलनमा पूर्वउपसभामुख एवं केन्द्रिय सदस्य गंगाप्रसाद यादवसमेत सहभागि थिए ।
- उक्त जनसभालाई भव्यरुपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पुरा भएको पार्टीका जिल्ला प्रवक्ता समेत रहेका केन्द्रिय सदस्य सुखराम यादवले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया