बाल विकास केन्द्रका महिला शिक्षक तथा कर्मचारीहरु धर्नामा 

राजविराज राजविराज
|
मंगलबार, आश्विन १२, २०७८
|
|
५० पटक हेरिएको
Shares
बाल विकास केन्द्रका महिला शिक्षक तथा कर्मचारीहरु धर्नामा 

सारांश

  •     सरकारले गरेको व्यवस्था अनुसार स्थानीय तहले तलब सुविधा नदिएपछि उनीहरु सोमवार विहान १० वजे कार्यालय खुल्नासाथ राजविराज नगरपालिका कार्यालयको प्रागंनमा धर्नामा वसेका हुन् ।
  •       वर्षाैदेखी आपुृmहरुले उठाउँदै आएको जायज माग पुरा नभएपछि बाध्य भएर धर्नामा वसेको उनीहरुले बताएका छन् ।
  • माग सुनवाई नभए मंगलवारदेखी दैनिक एक घण्टा धर्नाको समय बढाउँदै लगिने संघर्ष समितीकी सचिव विभा झाले जानकारी दिएकी छिन् ।

दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
    सप्तरीका बाल विकास केन्द्रका शिक्षक पदमा कार्यरत महिलाहरु तथा कर्मचारीहरु धर्नामा वसेका छन् । 
    सरकारले गरेको व्यवस्था अनुसार स्थानीय तहले तलब सुविधा नदिएपछि उनीहरु सोमवार विहान १० वजे कार्यालय खुल्नासाथ राजविराज नगरपालिका कार्यालयको प्रागंनमा धर्नामा वसेका हुन् । 
    वर्षाैदेखी आपुृmहरुले उठाउँदै आएको जायज माग पुरा नभएपछि बाध्य भएर धर्नामा वसेको उनीहरुले बताएका छन् । माग सुनवाई नभए मंगलवारदेखी दैनिक एक घण्टा धर्नाको समय बढाउँदै लगिने संघर्ष समितीकी सचिव विभा झाले जानकारी दिएकी छिन् । 
    यस अघि असोज ४ गते राजविराज नगरपालिकाको कार्यालयलाई ज्ञापनपत्र तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समनवय समितिमा सोको बोदार्थ पत्र बुझाउँदै आन्दोलनका कार्यक्रम उनीहरुले सार्वजनिक गरेका थिए । 
    बाल शिक्षक र विद्यालयका कर्मचारीद्वारा गठित संघर्ष समितिको अगुवाईमा बुझाइएको सो ज्ञापनपत्रमा आफूहरुको जायज माग पुरा गर्न नगरपालिकाले कुनै चासो नदेखाएकाले चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य भएको उल्लेख गरेका थिए । 
    ज्ञापन पत्रमार्फत नै आन्दोलन कार्यक्रम सार्वजनिक गरेका उनीहरुले असोज ८ गते कालोपटी बाधेर पठनपाठनमा सहभागि भएका थिए भने असोज ९ गते सरोकारवालाहरुलाई राखेर अन्तरक्रिया गरेका थिए । यस्तै असोज १० गते पेनडाउन र पूर्व घोषित कार्यक्रम अनुसार सोमबार राजविराज नगरपालिका कार्यालयमा धर्ना बसेका हुन् । 
    संघर्ष समितिका अध्यक्ष सुमित्रा दासले सरकारद्वारा बाल शिक्षक र विद्यालय कर्मचारीको तलब मासिक १५ हजारका दरले कायम गरिए पनि आफूहरु सो सेवा सुविधाबाट बञ्चित रहेको र यसबारे पटक पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदा पनि आश्वासन बाहेक केही पाउन नसकेको गुनासो पोखिन । 
    संघर्ष समितिका सदस्य सचिव झाले बाल शिक्षक र विद्यालय कर्मचारीको मासिक तलबमा दुई हजार संघीय सरकार र बाँकी नपुग रकम सम्बन्धीत स्थानिय तहले ब्यहोर्ने ब्यवस्था भएपनि राजविराज नगरपालिकाले दिन नमानेको सुनाईन् । 
    उनले यसबारे सर्वोच्च अदालतमा मुद्दा हाल्दा आफूहरुको पक्षमा फैसला भएपनि कार्यान्वयनमा राजविराज नगरपालिकाले चासो नदेखाएको गुनासो पोख्दै न्यायोचित माग पूरा गराउन आन्दोलनको बाटो रोज्न बाध्य भएको सुनाइन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेश्रोलिंगिसहित दुई जनाद्वारा आत्महत्या
तेश्रोलिंगिसहित दुई जनाद्वारा आत्महत्या
२२ वर्षपछि राजविराजमा यातायात  व्यवस्था कार्यालयको पुनःस्थापना
२२ वर्षपछि राजविराजमा यातायात  व्यवस्था कार्यालयको पुनःस्थापना
डिप्लोमा ईन्जिनियरिङ एसोसिएसनद्वारा बृक्षारोपण
डिप्लोमा ईन्जिनियरिङ एसोसिएसनद्वारा बृक्षारोपण
स्वास्थ्यतर्फ तिलाठी कोइलाडी गाउँपालिका जिल्लामा दोस्रो 
स्वास्थ्यतर्फ तिलाठी कोइलाडी गाउँपालिका जिल्लामा दोस्रो 
मधेशको नाउँमा भोट लिएर गएकाहरुबारे समिक्षा  गर्न आवश्यक ः लोसपा वरिष्ठ नेता महतो
मधेशको नाउँमा भोट लिएर गएकाहरुबारे समिक्षा  गर्न आवश्यक ः लोसपा वरिष्ठ नेता महतो
राजविराज नगरपालिका दिनभर तनावग्रत,  प्रमुख प्रशासकीय अधिकृत यादवले गरे पदभार ग्रहण, निलम्बित मेयर पक्षद्वारा कर्र्मचारी माथि कुटपिट र कार्यालयमा तोडफोड
राजविराज नगरपालिका दिनभर तनावग्रत,  प्रमुख प्रशासकीय अधिकृत यादवले गरे पदभार ग्रहण, निलम्बित मेयर पक्षद्वारा कर्र्मचारी माथि कुटपिट र कार्यालयमा तोडफोड
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 
टिपरको ठक्करबाट  मोटरसाइकल चालक घाइते
टिपरको ठक्करबाट  मोटरसाइकल चालक घाइते
गैसस सप्तरीका अध्यक्षमा दिपक झा सर्वसम्मत चयन
गैसस सप्तरीका अध्यक्षमा दिपक झा सर्वसम्मत चयन
आठ सय छात्र÷छात्रालाई शैक्षिक सामग्रीसहित ब्याग बितरण
आठ सय छात्र÷छात्रालाई शैक्षिक सामग्रीसहित ब्याग बितरण