उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 

राजविराज राजविराज
|
बिहिबार, मंसिर १५, २०७९
|
|
५७ पटक हेरिएको
Shares
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 

सारांश

  •     पेटको भित्री घाउँले बिरामी परेका पारस विगत १० दिनदेखी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना छन् ।
  • यस्तै मेनेन्जाइटिस रोगले ग्रस्त अजय २९ दिनदेखी स्थानिय छिन्नमस्ता अस्पतालमा भर्ना छन् ।
  •       अतिविपन्न परिवारका पारसको आमा बुबाको केही वर्षअघि मात्र निधन भएको हो ।

दैनिक समाचारदाता
राजविराज, १५ मंसिर । 

    सप्तरीको रुपनी गाउँपालिका ५ बसबिटीस्थित दलित टोलका १४ वर्षिय पारस सदा र अग्निसाइर कृष्णासवरण गाउँपालिका २ का ११ वर्षिय अजय मण्डल रकमको अभावमा उपचारका लागि छटपटाइरहेका छन् । 
    पेटको भित्री घाउँले बिरामी परेका पारस विगत १० दिनदेखी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना छन् । यस्तै मेनेन्जाइटिस रोगले ग्रस्त अजय २९ दिनदेखी स्थानिय छिन्नमस्ता अस्पतालमा भर्ना छन् । 
    अतिविपन्न परिवारका पारसको आमा बुबाको केही वर्षअघि मात्र निधन भएको हो । उनको १३ वर्षिया बहिनी ताराले स्याहार सुसार गरिरहेका छन् ।
    अभिभावकबिहीन उनले दाजुको जिवन रक्षाका लागि सहयोग जुटाइदिन सबैसँग आग्रह गरेकी छिन् । यता अजयको बुबाको पनि निधन भएको ८ वर्ष बितिसक्यो । उनको आमा नर्मता जिवितै रहेपनि पतिवियोगमा मानसिक सन्तुलन गुमाएर गाउँघरमै भौतारिदै हिड्ने गरेकी छिमेकी मिलन चौधरीले सुनाए । 
    अजयको उपचारमा सहयोगका लागि पहल थालेका उनले हालसम्मको उपचारमा ३ लाख ५० हजार औषधी वापतनै खर्च भएको बताए । उनले अस्पताल परिसरमै संचालनमा रहेको औषधी पसलबाट उधारो लिएको औषधीको मात्रै ३ लाख ५० हजार रुँपैया बुझाउन बाँकी नै रहेको बताए । 
    चिकित्सकले अजयको स्वास्थ्य अवस्थामा सुधार आउन अझ केही समय लाग्ने बताएको छ । यसैबीच रुपनी गाउँपालिका ५ का वडा अध्यक्ष गंगाराम यादवले पारसको उपचारका लागि ४ हजार रुँपैया नगद सहयोग गरेको उनका आफन्तले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पढाई अवरोध भएको भन्दै क्याम्पसमा तोडफोड 
पढाई अवरोध भएको भन्दै क्याम्पसमा तोडफोड 
सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन 
सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन 
वाइसिएल सप्तरीको भेला सम्पन्न 
वाइसिएल सप्तरीको भेला सम्पन्न 
जिल्ला प्रहरीमा हातधुने स्टेशन जडान  स्वास्थ, चौकीमा साबुन पानीले हात धुवाइयो 
जिल्ला प्रहरीमा हातधुने स्टेशन जडान  स्वास्थ, चौकीमा साबुन पानीले हात धुवाइयो 
सांसद रेशम चौधरीको खुट्टामा नेल बाँधेर उपचार गरिँदै
सांसद रेशम चौधरीको खुट्टामा नेल बाँधेर उपचार गरिँदै
लोसपा संसदीय दलका नेता  शर्माको सेवासुविधा रोक्का
लोसपा संसदीय दलका नेता  शर्माको सेवासुविधा रोक्का
खुल्ला सीमा नेपालका लागि वरदान ः वरिष्ठ नेता महतो
खुल्ला सीमा नेपालका लागि वरदान ः वरिष्ठ नेता महतो
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
ब्रहमाकुमारीले नाटक प्रर्दशन तथा साइकल यात्रामार्फत लागु औषध बिरुद्ध सचेतना बाड्दै
ब्रहमाकुमारीले नाटक प्रर्दशन तथा साइकल यात्रामार्फत लागु औषध बिरुद्ध सचेतना बाड्दै
दोश्रो तलाबाट खसेर एकको मृत्यु
दोश्रो तलाबाट खसेर एकको मृत्यु

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु