राजविराज÷सप्तरी प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध गाजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि एक करोड मुल्य बराबरको १ हजार ६ किलो गाजा बरामद गरेको जानकारी दिएको छ । सप्तरी प्रहरीले यति ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध बरामद गरेको यो पहिलो पटक हो ।
बिशेष सूचनाको आधारमा प्रहरीले पूर्वपश्चिम राजगमार्ग अन्तरगत खडक नगरपालिका ७ कल्याणपुर खण्डमा शुक्रबार राती बालुवा गिटी बोक्ने को.१ख. ५८३१ नम्बरको टिपरलाई रोकेर चेकजाँच गर्दा बालुवा भित्र २८ वटा बोरामा लुकाइराखिएको १ हजार ६ केजी प्रतिबन्धित लागु औषध गाजा बरामद गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।
पक्राउ परेका टिपर चालक धनुकुटा सहिदभूमी गाउँपालिका ४ बस्ने ३२ वर्षिय विशेष राईको साथबाट १ लाख रुँपैया नगद तथा दुई थान मोबाइल समेत बरामद गरिएको प्रहरी उपरिक्षक बज्राचार्यले बताए । पक्राउ परेका चालक उक्त टिपरका साहु समेत हुन् । उनले अपराध स्वीकार गरेको प्रहरीको भनाई छ ।
बरामद गाजाको नेपाली बजारमा एक करोड तथा भारतीय बजारमा चार करोड मुल्य पर्ने प्रहरीले अनुमान गरेको छ । नेपाली बजारमा प्रति केजि १० हजारसम्ममा पाइने गाजा भारतीय बजारमा भने २५ देखी ३० हजार प्रति केजिका दरले बिक्रि हुने गरेकोले तस्करहरु विभिन्न उपाय निकालेर यस्तो काम थालेको जानकारी आएपछि शंकास्पद स्थानहरुमा निगरानी कडा पारिएको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुर र जिल्ला प्रहरी कार्यालयबाट खटेको संयुक्त टोलीले उक्त गाजा बरामद गरेको प्रहरीको भनाई छ ।
एक करोड मुल्य बराबरको गाजा बरामद
सारांश
- बरामद गाजाको नेपाली बजारमा एक करोड तथा भारतीय बजारमा चार करोड मुल्य पर्ने प्रहरीले अनुमान गरेको छ ।
- नेपाली बजारमा प्रति केजि १० हजारसम्ममा पाइने गाजा भारतीय बजारमा भने २५ देखी ३० हजार प्रति केजिका दरले बिक्रि हुने गरेकोले तस्करहरु विभिन्न उपाय निकालेर यस्तो काम थालेको जानकारी आएपछि शंकास्पद स्थानहरुमा निगरानी कडा पारिएको प्रहरीले जनाएको छ ।
- गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुर र जिल्ला प्रहरी कार्यालयबाट खटेको संयुक्त टोलीले उक्त गाजा बरामद गरेको प्रहरीको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया