आईडियलको कुल बचत संकलन एक सय ६ करोड भन्दा बढी

राजविराज राजविराज
|
शनिबार, पौष ३, २०७८
|
|
२७ पटक हेरिएको
Shares
आईडियलको कुल बचत संकलन एक सय ६ करोड भन्दा बढी

सारांश

  •     सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाको पातो र हनुमाननगरमा सेवा केन्द्र गरि जम्मा तीन ठाउँबाट संस्थाले सेवा दिइरहेको तथा हाल संस्थाले आईडियल स्मार्ट एप, मिस्ड कल बैंकिङ सेवा, इन्टरनेट बैकिङ, जुनसुकै बैंक खातामा रकम ट्रान्सफर गर्ने सुविधा, ई–सेवा वाइलेटमा लोड, एटिएम कार्डबाट भारतमा रकम झिक्न पाउने व्यवस्था भएको अध्यक्ष आशले जानकारी दिए ।
  •       त्यस्तै संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत जिल्ला प्रशासन कार्यालयमा कम्प्युटर, प्रिन्टर तथा स्क्यानर, तिलाठीस्थित कान अस्पताललाई स्टाफ एप्रोन तथा अन्य सामाग्रि, २ नं.
  • प्रदेश प्रहरी तालिम केन्द्रलाई पानीटैंक र फिल्टर प्रदान गरेको जनाइएको छ ।

    राजविराज÷आईडियल सहकारी संस्था लिमिटेडले सहकारीको क्षेत्रमा निकै ठूलो फड्को मारेको छ । संस्थाको शनिबार सम्पन्न २२ औं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा संस्थाको कुल बचत संकलन १ सय ६ करोड भन्दा बढी रहेको उल्लेख छ । 
    संस्थाका अध्यक्ष गणेश कुमार आशद्वारा प्रस्तुत प्रतिवेदनमा हालसम्म कुल बचत संकलन १ सय ६ करोड ४ लाख १० हजार ४६ रँपैया ६५ पैसा रहेको उल्लेख छ । त्यस्तै शेयर पुँजी ८ करोड २० लाख ४० हजार ५ सय, कुल लगानी ७४ करोड ४३ लाख २९ हजार ६ सय ६३ रहेको छ । 
    प्रस्तुत प्रतिवेदनमा संस्थामा ६ हजार ९ सय ७५ महिला र १० हजार ४३ जना पुरुष शेयर सदस्य गरि कुल १७ हजार १८ जना शेयर सदस्य रहेको जनाइएको छ । 
    सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाको पातो र हनुमाननगरमा सेवा केन्द्र गरि जम्मा तीन ठाउँबाट संस्थाले सेवा दिइरहेको तथा हाल संस्थाले आईडियल स्मार्ट एप, मिस्ड कल बैंकिङ सेवा, इन्टरनेट बैकिङ, जुनसुकै बैंक खातामा रकम ट्रान्सफर गर्ने सुविधा, ई–सेवा वाइलेटमा लोड, एटिएम कार्डबाट भारतमा रकम झिक्न पाउने व्यवस्था भएको अध्यक्ष आशले जानकारी दिए । 
    त्यस्तै संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत जिल्ला प्रशासन कार्यालयमा कम्प्युटर, प्रिन्टर तथा स्क्यानर, तिलाठीस्थित कान अस्पताललाई स्टाफ एप्रोन तथा अन्य सामाग्रि, २ नं. प्रदेश प्रहरी तालिम केन्द्रलाई पानीटैंक र फिल्टर प्रदान गरेको जनाइएको छ । संस्थाले कोभिडको महामारीको बेला पनि ग्राहकलाई सावधानीपूर्वक सेवा दिएको उल्लेख छ ।  
    संस्थाक अध्यक्ष गणेश आशको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचारकर्मी अवधेश झा, मनोहर पोखरेल, संस्थाका लखीन्द्र साह, संस्थाका पूर्व संचालक सुर्यनारायण साह लगायतका ब्यक्ति शुभकामना मन्तव्य दिएका थिए भने स्वागत मन्तब्य शैलेसकुमार चौधरी, लेखा प्रतिवेदन संस्थाका उपाध्यक्ष विजयानन्द झा तथा लेखा प्रतिवेदनमाथी डम्बर महतोले सुझाव दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?