दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गाउँपालिका स्तरीय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्नतलस् दुई खेलमा वडा नं. ७ मन्सापुर र वडा नं. १ तिलाठी बिजयी भएका छन् ।
पहिलो खेलमा वडा नं. ७ मन्सापुरले वडा नं. २ लौनियाँलाई ८ विकेटले तथा दोस्रो खेलमा वडा नं. १ तिलाठीले वडा नं. ५ को.बर्साइनलाई २१ रनले पराजित गरेको छ ।
विहान सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको लौनियाँ मन्सापुरका बलर सामु निरीह सावित हुँदै ८ ओभर ४ बलमा ४५ रनमा अलआउट भयो । लौनियाका लागि मिथिलेश कुमार मण्डलले १४ रन बनाउनु बाहेक कुनै पनि ब्याट्सम्यान दोहोरो अंकमा प्रवेश गर्न सकेनन् । मन्सापुरका लागि राजकुमार मण्डलले घातक बलिङ गर्दै ३ ओभर ४ बलमा ११ रन खर्चेर ६ विकेट लिए भने धिरज मण्डलले ३ तथा निरज कुमार मण्डलले १ विकेट हात पारे ।
जितको लागि ४६ रनको लक्ष्य पछ्याउने क्रममा मन्सापुर टिम ५ ओभर १ बलमा दुई विकेट गुमाई जित हात पार्न सफल भयो । मन्सापुरका लागि धिरज मण्डलले १४ तथा चेतन यादवले ११ रन बनाए । लौनियाका लागि रमानन्द मुखियाले २ विकेट लिए ।
उक्त खेलमा मन्सापुरका राजकुमार मण्डललाई गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले म्यान अफ द म्याचको पुरस्कार प्रदान गरे ।
यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको तिलाठीले २० ओभरमा ९ विकेट गुमाई ९१ रन बनाएको थियो । जसमा मिथुन यादवले सर्वाधिक ३१ रन बनाए भने लक्ष्मी रायले १० रनको योगदान गरे । को. बर्साइनका लागि राजा रायले ४ ओभरमा ८ रन दिएर ४ विकेट लिए भने दिपेश सरदारले २ तथा राहुल रजक र राजेश रजकले १÷१ विकेट लिए ।
जितको लागि ९२ रनको लक्ष्य पछ्याउने क्रममा वडा नं. ५ को.बर्साइन टिम १२ ओभर ४ बलमा ७० रनमा अलआउट भयो । को. बर्साइनका लागि सुभाष शर्माले सर्वाधिक २० रन बनाए भने राहुल रजकले ११ रन बनाए । अन्य खेलाडिहरु दोहोरो अंकमा प्रवेश गर्न सकेनन् । तिलाठीका लागि शिव कामैतले उत्कृष्ट बलिङ गर्दै ३ ओभर ४ बलमा १४ रन दिएर ५ विकेट लिंदै आफ्नो टिमलाई विजयी गराए । तिलाठीका लागि चन्दन झा र कारी झाले २÷२ तथा सुनिल यादवले १ विकेट लिए । उक्त खेलमा तिलाठीका शिव कामैतलाई म्यान अफ द म्याच घोषित गरियो ।
मंसापुर र तिलाठी बिजयी
सारांश
- पहिलो खेलमा वडा नं.
- ७ मन्सापुरले वडा नं.
- २ लौनियाँलाई ८ विकेटले तथा दोस्रो खेलमा वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया