पडेमरा अग्निपीडित परिवारलाई जस्तापाता बितरण

राजविराज राजविराज
|
आइतबार, बैशाख ३०, २०८१
|
|
२० पटक हेरिएको
Shares
पडेमरा अग्निपीडित परिवारलाई जस्तापाता बितरण

सारांश

  •     गत बैशाख ९ गते भएको आगलागीबाट १४ परिवारको घर पूर्ण रुपमा क्षति भएको थियो ।
  • आगलागी भएको तीन साता बित्दा समेत आगलागी पीडितहरु खुल्ला अकाशमुनी बस्न बाध्य छन् ।
  •       आगलागी पीडितका लागि स्टोरीज अफ नेपाल र दलित सरोकार मञ्च नेपालले फन्डरेज गरेर पहिलो चरणमा करिब ३ लाख ३४ हजार बराबरको जस्तापाता, मेग्रा र काटी सहितका समान वितरण गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३० बैशाख । 

    सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ५ पडेमराका अग्निपीडित परिवारलाई स्टोरीज अफ नेपाल र दलित सरोकार मञ्च नेपालले आईतबार संयुक्तरूपमा जस्तापाता बितरण गरेको छ ।
    गत बैशाख ९ गते भएको आगलागीबाट १४ परिवारको घर पूर्ण रुपमा क्षति भएको थियो । आगलागी भएको तीन साता बित्दा समेत आगलागी पीडितहरु खुल्ला अकाशमुनी बस्न बाध्य छन् । 
    आगलागी पीडितका लागि स्टोरीज अफ नेपाल र दलित सरोकार मञ्च नेपालले फन्डरेज गरेर पहिलो चरणमा करिब ३ लाख ३४ हजार बराबरको जस्तापाता, मेग्रा र काटी सहितका समान वितरण गरिएको छ ।
    अग्निपीडित प्रति परिवार २ बण्डलका दरले रंगीन जस्तापाता बितरण गरेको मञ्चका कार्यक्रम संयोजक राजकुमार पासमानले जानकारी दिएका छन् । 
    उक्त कार्यक्रममा कञ्चनरुप नगरपालिका ५ का अध्यक्ष कैलाश साह, वडा नं.९ का अध्यक्ष राम सुन्दर यादब, कञ्चनरुप व्यापार संघका सचिव शशी साह, स्टोरीज अफ नेपालका बिजय कुमार चौधरी र सुरेन्द्र रायको उपस्थिति रहेका थिए । त्यसैगरी दलित सरोकार मञ्चका मनिष कोइराला र अनुराधा दाहाल, स्थानीय नेताहरु चित्तरंजन यादव, कल्पना चौधरी, बिजय चौधरी, जिवछ सरदार, सुरेश सरदार र बाबुराम सरदार समेतको उपस्थितीमा पीडित परिवारलाई जस्तापाता वितरण गरिएको हो । 
    दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासमानको अध्यक्षतामा तथा स्टोरी अफ नेपालका बिकास कुमार साहको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिश्रको हत्यामा संलग्न मुखिँया पक्राउ
मिश्रको हत्यामा संलग्न मुखिँया पक्राउ
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
भन्सार छली ल्याइएको २५ लाख मुल्य  बराबरको कपडासहित तीन पक्राउ,  बरामद कार र मोटरसाइकल भन्सार चलान
भन्सार छली ल्याइएको २५ लाख मुल्य  बराबरको कपडासहित तीन पक्राउ,  बरामद कार र मोटरसाइकल भन्सार चलान
थप एक लाख दाइजो तिर्न नसक्दा हत्या ः माइती पक्ष, पोष्टमार्टम रिपोर्ट पर्खौ ः प्रहरी
थप एक लाख दाइजो तिर्न नसक्दा हत्या ः माइती पक्ष, पोष्टमार्टम रिपोर्ट पर्खौ ः प्रहरी
गजेन्द्र नारायण सिंह क्रिकेट  प्रतियोगितामा लौनिया र तिलाठी बिजयी 
गजेन्द्र नारायण सिंह क्रिकेट  प्रतियोगितामा लौनिया र तिलाठी बिजयी 
जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान
जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान
महिलाहरू अगरबत्ति ब्यवसायतर्फ अग्रसर बन्दै
महिलाहरू अगरबत्ति ब्यवसायतर्फ अग्रसर बन्दै
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको  गाजासहित ट्रक नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको  गाजासहित ट्रक नियन्त्रणमा
बैदेशिक रोजगारीमा गएका २४ जनाले ज्यान गुमाए
बैदेशिक रोजगारीमा गएका २४ जनाले ज्यान गुमाए
राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो