महिलाहरू अगरबत्ति ब्यवसायतर्फ अग्रसर बन्दै

राजविराज राजविराज
|
मंगलबार, चैत्र ३१, २०७७
|
|
७१ पटक हेरिएको
Shares
महिलाहरू अगरबत्ति ब्यवसायतर्फ अग्रसर बन्दै

सारांश

  •     राजबिराजमा विभिन्न पेशा व्यवसायमा आवद्ध भएसंगै स्वरोजगार बन्न थालेका महिलाहरूलाई अहिले अगरबति तालिमबाट प्रेरित भई स्वरोजगार बन्न आत्मबिश्वास बढेको छ ।
  •     घरायसी काम मात्रै समय खर्चिदै आएका महिलाहरू पछिल्लो समय विभिन्न व्यवसायमार्फत आर्थिक उपार्जनमा जोड्दै आम्दानी गर्ने तर्फ अग्रसर भएका छन् ।
  •       राजबिराज नगरपालिकाको सहयोगमा तथा हाम्रो नेपाल सहयोगी संस्थाद्वारा आयोजना गरिएको अगरबति तालिमले महिलाहरू अगरवती ब्यवसाय गर्न होसिएका हुन ।

दैनिक समाचारदाता
राजबिराज, ३१ चैत । 
    घरायसी काम र चुलोचौकामा मात्र सीमित भएका महिलाहरू पछिल्लो समय सानोतिनो व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्न अग्रसर बनेका छन ।
    राजबिराजमा विभिन्न पेशा व्यवसायमा आवद्ध भएसंगै स्वरोजगार बन्न थालेका महिलाहरूलाई अहिले अगरबति तालिमबाट प्रेरित भई स्वरोजगार बन्न आत्मबिश्वास बढेको छ ।
    घरायसी काम मात्रै समय खर्चिदै आएका महिलाहरू पछिल्लो समय विभिन्न व्यवसायमार्फत आर्थिक उपार्जनमा जोड्दै आम्दानी गर्ने तर्फ अग्रसर भएका छन् । 
    राजबिराज नगरपालिकाको सहयोगमा तथा हाम्रो नेपाल सहयोगी संस्थाद्वारा आयोजना गरिएको अगरबति तालिमले महिलाहरू अगरवती ब्यवसाय गर्न होसिएका हुन । 
    अगरबत्ती बनाउँदा प्रयोग हुने सिन्का चिर्ने, बेल्ने मेसिन र कबर खोल छपाई गर्न स्थानीय सरकारले सहयोग गरेमा छोटो समयमा कम लगानीमा धेरै उत्पादन गर्न सकिने र सस्तो पनि पर्ने र आफुहरूको व्यवसाय गर्न सहज हुने सहभागी सीता देबी साहले बताउछन् । 
    यता राजबिराज वडा ४ का वडा अध्यक्ष मोहम्मद अख्तरले अगरबत्ति ब्यवसाय गर्नका लागि १० लाख रकम छुटयाउने प्रतिबद्धता गरे । उनले महिलालाई आत्मनिर्भर बनाई स्वरोजगार बनाउनका लागि महिलाहरूले अगरबत्ति ब्यवसाय गर्नका लागि समुह बनाएर ब्यवसाय संचालन गर्न अनुरोध पनि गरे ।
    मंगलवार तीन दिने अगरबत्ति तालिमको समापन्न कार्यक्रममा राजबिराज नगरपालिका वडा ४ का अध्यक्ष मोहम्मद अख्तर, नेपाल पत्रकार महासँघ सहसचिव चन्दनकुमार यादब, राजबिराज नगरपालिका योजना अधिकृत मनोज यादब, हाम्रो नेपाल संस्थाका अध्यक्ष बब्लु मिया, प्रशिक्षक मनोज यादब, जयन्तीईन्द्रा कन्या माबि बिद्यालयका संचालक संजय शुक्ला, वडा कार्यालय सहयोगी प्रकाश चौधरी, तालिमका सहायक प्रशिक्षक नगमा शेख, हाम्रो संस्थाका संतोष दास, लगायतले महिलाहरुलाई स्वरोजगार बनाउन तालिमले सहयोग पुर्‍याउने बताए । उक्त तालिममा राजबिराज वडा ४ का ३० जना महिलाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारोत्तोलन खेलाडी स्व. देवसुन्दरको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न 
भारोत्तोलन खेलाडी स्व. देवसुन्दरको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न 
उद्योग दिवसमा पाँच महिलासहित १६ उद्यमी सम्मानित
उद्योग दिवसमा पाँच महिलासहित १६ उद्यमी सम्मानित
हटियाको जग्गा अतिक्रमणबारे कावा प्रमुखको निर्णय बिरुद्ध बोर्डका सदस्यहरु, डिपिआर बमोजिम नै मैले निर्णय गरे ः कावा प्रमुख परबिन
हटियाको जग्गा अतिक्रमणबारे कावा प्रमुखको निर्णय बिरुद्ध बोर्डका सदस्यहरु, डिपिआर बमोजिम नै मैले निर्णय गरे ः कावा प्रमुख परबिन
तीन पुस्तासम्म पनि मुआब्जा नपाएका कोशी पीडितहरुद्वारा आन्दोलनको घोषणा
जिर्ण सडकका कारण ट्रक पल्टियो
जिर्ण सडकका कारण ट्रक पल्टियो
किर्ते प्रकरणमा सिनियर डिभिजनल  इन्जिनियर गोईत पक्राउ
सीके राउतद्वारा “जनमत पार्टी” खोल्ने घोषणा
कर्मचारी संक्रमित भएपछि राजविराज नगरपालिका बन्द
कर्मचारी संक्रमित भएपछि राजविराज नगरपालिका बन्द
संघीयताको सुमधुर अभ्यास नै आजको आवश्यकता
उपचार खर्चको अभावमा मृत्यु भएकी खंगका परिवारलाई मन्त्रीद्वारा सहयोग
उपचार खर्चको अभावमा मृत्यु भएकी खंगका परिवारलाई मन्त्रीद्वारा सहयोग