दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
सप्तरीको राजगढ गाउँपालिका वडा नं. ४ स्थित जनता मावि बेल्ही चपेनामा उच्च माध्यमिक शिक्षाका लागि आवश्यक कक्षा कोठा भवनको निर्माण कार्य शुरु भएको छ ।
गाउँपालिका अध्यक्ष ओम प्रकाश मण्डलले बुधवार विद्यालयको प्रांगणमा एक कार्यक्रमबीच भवन निर्माण कार्यको शिलान्यास गरेका हुन् ।
संघीय सरकारको ६३ लाखको रुपैयाँको अनुदान सहयोग तथा गाउँपालिकाको साझेदारीमा चार कोठे कक्षा भवन निर्माण कार्य सुरु भएको गाउँपालिका अध्यक्ष मण्डलले जानकारी दिए ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मण्डलले आफु पालिकाको शैक्षिक, सामाजिक, स्वास्थ, कृषि र विकास निर्माणका विभिन्न गतिविधिलाई प्राथमिक्तामा राखेको भन्दै पालिकामा आमूल परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
शिलान्यास समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दकिशोर मण्डल, वडा अध्यक्ष अशोक साह, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय नेता गजेन्द्र कुमार मण्डल, समाजसेवी घनश्याम मण्डल, ब्रहमदेव मण्डल, नारायण मण्डल, दुनियालाल मण्डल, रामप्रकाश मण्डलको लगायतको उपस्थिती रहेको थियो । उक्त विद्यालयमा हाल १० कक्षा सम्मको पढाई मात्र हुने गरेको छ ।
उमावि शिक्षाका लागि भवन निर्माण हुँदै
सारांश
- गाउँपालिका अध्यक्ष ओम प्रकाश मण्डलले बुधवार विद्यालयको प्रांगणमा एक कार्यक्रमबीच भवन निर्माण कार्यको शिलान्यास गरेका हुन् ।
- संघीय सरकारको ६३ लाखको रुपैयाँको अनुदान सहयोग तथा गाउँपालिकाको साझेदारीमा चार कोठे कक्षा भवन निर्माण कार्य सुरु भएको गाउँपालिका अध्यक्ष मण्डलले जानकारी दिए ।
- शिलान्यास समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मण्डलले आफु पालिकाको शैक्षिक, सामाजिक, स्वास्थ, कृषि र विकास निर्माणका विभिन्न गतिविधिलाई प्राथमिक्तामा राखेको भन्दै पालिकामा आमूल परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया