घुस लिँदै गर्दा वडाध्यक्षलाई अख्तियारले समात्यो, अध्यक्षका छोराद्वारा प्रपन्च रचि फसाएको दाबी

राजविराज राजविराज
|
मंगलबार, बैशाख १७, २०७६
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  •     एक सेवाग्रहीसँग मोहि जग्गा सम्बन्धि विवादमा सिफारिस गर्न २५ हजार घुस लिदालिदै वडा अध्यक्ष मो.
  • चिल्टु मियाँलाई अख्तियारको क्षेत्रिय कार्यालय ईटहरीको टोलीले पक्राउ गरेको हो ।
  •       सिफारिसका लागी मियाँले घुस मागेको गोप्य सुचना पाएर निगरानी गर्न पुगेको अख्तियार टोलीले घुसवापतको रकम लिए लगतै वडाध्यक्ष मियाँलाई नियन्त्रणमा लिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १६ बैशाख । 
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ५ का अध्यक्षलाई सोमबार बिहान घुस लिदालिँदै पक्राउ गरेको छ । 
    एक सेवाग्रहीसँग मोहि जग्गा सम्बन्धि विवादमा सिफारिस गर्न २५ हजार घुस लिदालिदै वडा अध्यक्ष मो. चिल्टु मियाँलाई अख्तियारको क्षेत्रिय कार्यालय ईटहरीको टोलीले पक्राउ गरेको हो । 
    सिफारिसका लागी मियाँले घुस मागेको गोप्य सुचना पाएर निगरानी गर्न पुगेको अख्तियार टोलीले घुसवापतको रकम लिए लगतै वडाध्यक्ष मियाँलाई नियन्त्रणमा लिएको थियो । 
    उनलाई थप अनुसन्धानका लागी आयोगको क्षेत्रिय कार्यालय ईटहरी लगिएको आयोग श्रोतले जनाएको छ । 
    यसैबीच वडा अध्यक्षका जेष्ठ सुपुत्र मो. इरफानले सोमबार विज्ञप्ति जारि गर्दै बुबालाई प्र–पन्च रचित बदनाम गराउने काम भएको दाबी गर्दै सोको भत्र्सनासहित साजिस गर्ने माथि आवश्यक कारवाहीको माँग गरेका छन् । 
    जारि विज्ञप्तिमा भनिएको छ, “आज मिति २०७६ साल वैशाख १६ गते सोमवार विहान ७ः३० बजेको समयमा सुरुङ्गा नगरपालिका ५ बस्ने चलितर मण्डल भन्ने व्यक्तिले मेरो रायन सःमिलमा विभिन्न साइजको काठ चिरानको आदेश गरी उक्त काठको मुल्य रु. २५,२७०।– मध्ये नगद रु.२५००० तत्कालै त्यस मिलको प्रोप्राइटर मेरो बुवा सिल्टु मियाँलाई भुक्तानी दिई निष्काना साथ ईटहरीको अख्तियार टोलीले उक्त रु.२५००० रकम घुस लिएको आरोपमा समातेको छ ।”
    साथै विज्ञप्तिमा घटनाको आवश्यक छानविन गरि सत्यतथ्य पत्ता लगाएर दोषिमाथी कारवाही नगरिए बाध्य भएर चरणबद्ध आन्दोलनमा जाने अवगत गराएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मातृभाषीको मुख र हातमा मातृभाषाको रक्षाको अभिभारा
मातृभाषीको मुख र हातमा मातृभाषाको रक्षाको अभिभारा
राजविराजका देवसहित चार जना खैरो हिरोइनसहित पक्राउ
राजविराजका देवसहित चार जना खैरो हिरोइनसहित पक्राउ
कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
आवश्यक मर्मत एवं संरक्षणको अभावमा  रंगशाला गौचरणमा परिणत
आवश्यक मर्मत एवं संरक्षणको अभावमा  रंगशाला गौचरणमा परिणत
जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
किशोर झुण्डिएको अवस्थामा फेला 
किशोर झुण्डिएको अवस्थामा फेला 
अग्निपीडित सरदारलाई गाउँपालिकाद्वारा राहत प्रदान
अग्निपीडित सरदारलाई गाउँपालिकाद्वारा राहत प्रदान
उच्च अदालत जनकपुर राजविराज इजलासले  दुई वर्ष नाघेका मुद्दा शुन्यमा झा¥यो 
उच्च अदालत जनकपुर राजविराज इजलासले  दुई वर्ष नाघेका मुद्दा शुन्यमा झा¥यो 
“गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन 
“गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन 
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर