दैनिक समाचारदाता
राजविराज, १७ भदौ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेशबाट जाने राजश्वको कम्तिमा ३५ प्रतिशत बजेट मधेशले पाउनुपर्ने बताएका छन् ।
राजविराजमा मंगलबार लोसपा सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले मधेशबाट उठ्ने राजश्वको २० प्रतिशत पनि मधेशमा अहिले सम्म नआएको बताए । उनले भने, “जनसंख्याको आधारमा बजेट बाँडफाँड हुनुपर्छ, मधेश प्रदेशबाट जाने राजश्वको कम्तिमा ३५ प्रतिशत बजेट मधेशले पाउनुपर्छ ।”
मधेशको सुख्खाग्रस्त क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्रीसंगै आफुपनि रहेकोले सोही बेला उनले गरेको घोषणा अझै कार्यान्वयन नभएकोप्रति असन्तुष्टि समेत व्यक्त गरे । प्रधानमन्त्रीले मधेशमा पाँच सय डिप बोरिङ दिने घोषणा गरेर पनि अहिले सम्म नदिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सरकारमै रहेर शान्तिपुर्ण आन्दोलनमा पनि रहेको बताउँदै उनले अन्नको भण्डार मधेशमा भएको खडेरी र खानेपनी समस्याबारे सरकार र सदनमा पनि आवाज उठाउने काम आफूले गरिरहेको जानकारी दिए ।
केन्द्रमा भएको सत्ता गठबन्धनबीचको सहमति अनुसार मधेश प्रदेशमा मधेशी दलले नै सरकार बनाउने हुँदा अब नेतृत्व गर्ने पालो लोसपाको रहेको उनको दावी छ । उनले भने, “मधेश प्रदेशमा मधेशी दलहरुले साढे सात बर्षदेखि सरकारको नेतृत्व गरिसकेकोले अब नेतृत्व गर्ने पालो हाम्रो हो ।”
अध्यक्ष ठाकुरले अहिले तत्कालै मधेश प्रदेशमा सरकार परिवर्तनको सम्भावना नरहे पनि रुपन्देहीको उपचुनाव पछि परिवर्तनको सम्भावना रहेको बताए ।
उनले केन्द्रमा दुई ठुला दलको बहुमतको सरकार रहेकोले २०८४ सम्म चल्ने बताउँदै लोसपा सरकारमा रहेरै जनताको पक्षमा काम गर्ने स्पष्ट समेत पारे ।
राजविराजमा बुधबार आयोजना हुने संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान कार्यक्रममा सहभागि हुन आईपुगेका अध्यक्ष ठाकुरले विगतमा भएको आन्दोलनबाट पहिचान पाएको तर अधिकार नपाएकोले पुनः मोर्चा बनाएर जनताबीच गईरहेको स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा लोसपाका बरिष्ठ उपाध्यक्ष जयप्रकाश ठाकुर, जिल्ला अध्यक्ष सुनिल झा सहित पार्टीका नेता कार्यकताहरुको उपस्थिति थियो ।
मधेश प्रदेशबाट जाने राजश्वको कम्तिमा ३५ प्रतिशत बजेट मधेशले पाउनुपर्छ ः लोसपा अध्यक्ष ठाकुर
सारांश
- राजविराजमा मंगलबार लोसपा सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले मधेशबाट उठ्ने राजश्वको २० प्रतिशत पनि मधेशमा अहिले सम्म नआएको बताए ।
- उनले भने, “जनसंख्याको आधारमा बजेट बाँडफाँड हुनुपर्छ, मधेश प्रदेशबाट जाने राजश्वको कम्तिमा ३५ प्रतिशत बजेट मधेशले पाउनुपर्छ ।
- ” मधेशको सुख्खाग्रस्त क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्रीसंगै आफुपनि रहेकोले सोही बेला उनले गरेको घोषणा अझै कार्यान्वयन नभएकोप्रति असन्तुष्टि समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया