काँग्रेस सप्तरीका क्षेत्रिय समिती सदस्य कुलदिपको निधन

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन ६, २०७८
|
|
११६ पटक हेरिएको
Shares
काँग्रेस सप्तरीका क्षेत्रिय समिती सदस्य कुलदिपको निधन

सारांश

  •     उनको उपचारको क्रममा शुक्रवार विहान ४ बजे तिर विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको हो ।
  • स्वास्थ्यमा समस्या देखिएपछि दुई दिन अघि अस्पताल भर्ना गरिएको थियो ।
  •       नेविसंघको जिल्ला सदस्य समेत रहिसकेका कुलदिपका पिता ननुलाल देवको एक महिनाअघि मात्र निधन भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ६ फागुन । 
    नेपाली काँग्रेस सप्तरीका क्षेत्रिय समिती सदस्य कुलदिप देवको शुक्रवार विहान निधन भएको छ । ४० वर्षिय कुलदिपको ब्रेन ह्याम्रेज भई निधन भएको परिवारजनले जनाएको छ ।
    उनको उपचारको क्रममा शुक्रवार विहान ४ बजे तिर विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि दुई दिन अघि अस्पताल भर्ना गरिएको थियो । 
    नेविसंघको जिल्ला सदस्य समेत रहिसकेका कुलदिपका पिता ननुलाल देवको एक महिनाअघि मात्र निधन भएको थियो । ७० वर्षिय ननु लालको गत माघ ५ गते निधन भएको थियो । 
    महिना दिन नवित्दै परिवारका दुई सदस्य गुमाएका राजविराज ८ निवासी देव परिवार अहिले शोकमा डुबेका छन् ।
    उनको पार्थिव शरिरमा काँग्रेस क्षेत्र नम्बर २ का सभापती महानन्द यादव, सचिव मनोज माझी, महाधिवेशन प्रतिनीधी मो.इर्साद अन्सारी, धु्रव देव, पार्टी प्रवक्ता प्रभात कुमार ललन, नगर सभापती आनन्द झा, उपसभापती अनिल यादव, पुर्व नगर सभापती शम्भुलाल देव, बुथ सभापती मनोज दास, घन्सी साह, रमानन्द देव, राजकुमार परियार, पुर्ण कुमार आले मगर लगायतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए । 
    देवका श्रीमती ललिता, छोरा अभिषेक र छोरी प्राची छन् । उनको पार्थिव शरीरलाई सप्तकोशी नदी किनारमा शुक्रवार नै देवको अन्त्येष्ठी गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपद् पूर्व अनुमानमा आधारित तालिम सम्पन्न 
विपद् पूर्व अनुमानमा आधारित तालिम सम्पन्न 
महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
मापदण्ड विपरीत संचालित पानी उद्योगमा शिलबन्दी
मापदण्ड विपरीत संचालित पानी उद्योगमा शिलबन्दी
९० वर्षिय बृद्धको घाटी रेटेर हत्या गरेको अवस्थामा शव फेला
९० वर्षिय बृद्धको घाटी रेटेर हत्या गरेको अवस्थामा शव फेला
ट्रकले ठक्करबाट मोटरसाइकल  सवार युवकको घटनास्थलमै मृत्यु 
ट्रकले ठक्करबाट मोटरसाइकल  सवार युवकको घटनास्थलमै मृत्यु 
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 
छठ पर्वपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सूचारु हुन्छ ः राष्ट्रिय सभा सदस्य प्याकुरेल
छठ पर्वपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सूचारु हुन्छ ः राष्ट्रिय सभा सदस्य प्याकुरेल
पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए 
पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए 
सप्तरीको अग्नीसाईर कृष्णाशवरणमा उच्च  प्रविधिसहितको आयुर्वेद औषधालय संचालनमा
सप्तरीको अग्नीसाईर कृष्णाशवरणमा उच्च  प्रविधिसहितको आयुर्वेद औषधालय संचालनमा
अनेरास्ववियुद्वारा मन्त्रीहरुलाई कालो झण्डा देखाईयो 
अनेरास्ववियुद्वारा मन्त्रीहरुलाई कालो झण्डा देखाईयो