दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
नेपाली काँग्रेस सप्तरीका क्षेत्रिय समिती सदस्य कुलदिप देवको शुक्रवार विहान निधन भएको छ । ४० वर्षिय कुलदिपको ब्रेन ह्याम्रेज भई निधन भएको परिवारजनले जनाएको छ ।
उनको उपचारको क्रममा शुक्रवार विहान ४ बजे तिर विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि दुई दिन अघि अस्पताल भर्ना गरिएको थियो ।
नेविसंघको जिल्ला सदस्य समेत रहिसकेका कुलदिपका पिता ननुलाल देवको एक महिनाअघि मात्र निधन भएको थियो । ७० वर्षिय ननु लालको गत माघ ५ गते निधन भएको थियो ।
महिना दिन नवित्दै परिवारका दुई सदस्य गुमाएका राजविराज ८ निवासी देव परिवार अहिले शोकमा डुबेका छन् ।
उनको पार्थिव शरिरमा काँग्रेस क्षेत्र नम्बर २ का सभापती महानन्द यादव, सचिव मनोज माझी, महाधिवेशन प्रतिनीधी मो.इर्साद अन्सारी, धु्रव देव, पार्टी प्रवक्ता प्रभात कुमार ललन, नगर सभापती आनन्द झा, उपसभापती अनिल यादव, पुर्व नगर सभापती शम्भुलाल देव, बुथ सभापती मनोज दास, घन्सी साह, रमानन्द देव, राजकुमार परियार, पुर्ण कुमार आले मगर लगायतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए ।
देवका श्रीमती ललिता, छोरा अभिषेक र छोरी प्राची छन् । उनको पार्थिव शरीरलाई सप्तकोशी नदी किनारमा शुक्रवार नै देवको अन्त्येष्ठी गरिएको छ ।
काँग्रेस सप्तरीका क्षेत्रिय समिती सदस्य कुलदिपको निधन
सारांश
- उनको उपचारको क्रममा शुक्रवार विहान ४ बजे तिर विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको हो ।
- स्वास्थ्यमा समस्या देखिएपछि दुई दिन अघि अस्पताल भर्ना गरिएको थियो ।
- नेविसंघको जिल्ला सदस्य समेत रहिसकेका कुलदिपका पिता ननुलाल देवको एक महिनाअघि मात्र निधन भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया