दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
राजविराज कारागारमा बन्दी जिवन बिताइरहेका महिला कैदीबन्दीहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ ।
शुक्रबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत १४ औं दिन तथा पाँचौ अन्तराष्ट्रिय महिला महिनावारी दिवसको अवसर पारेर लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल सप्तरीको अगुवाई तथा अधिकार, न्याय र समाजिक क्षेत्रमा आबद्ध विभिन्न संघ संस्थाको सहयोगमा महिला कैदीबन्दीलाई सेनेटरी प्याड वितरण गरिएको हो ।
कारागारमा हाल २३ जना महिला कैदीबन्दी छन् । विभिन्न मुदामा सजाय भोग्दै आएका महिला कैदीबन्दीहरुलाई एक कार्यक्रमको आयोजना गरि महिनावारी भएको बेला गरिने सरसफाईबारे सचेतनासंगै सेनेटरी प्याड वितरण गरिएको कार्यक्रमका सहयोगी संस्था मध्येका एक महिला सचेतना समाज सप्तरीकी अध्यक्ष सुनिता साहले बताईन ।
महिनावारीको समयमा आउने समस्या र सो समयमा आवश्यक्ता अनुसार गरिने सरसफाईबारे सचेतना बाड्नुका साथै उनीहरुको समस्या बारे समेत जानकारी लिने काम भएको उनले जानकारी दिएकी छिन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत भईरहेको विभिन्न कार्यक्रमका लागी सामुदायीक सेवा केन्द्र, महिला सुरक्षा समूह, नारी उत्थान, पारालिगल, आसमान नेपाल, ओसीएमसी लगायतका संघ संस्थाले पनि सहयोग गरिरहेको मूल आयोजक लैङ्गिक हिंसा नियन्त्रण संञ्जाल सप्तरीले जनाएको छ ।
राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनको प्रमुख अतिथ्य तथा चेतना समाजका अध्यक्ष सुनिता साहको अध्यक्षतामा आयोजित सचेतना तथा सेनेटरी प्याड वितरण कार्यक्रममा सामुदायिक सेवा केन्द्रका धीरेन्द्र दास, महिला सुरक्षा समुहका ललित कर्ण, पारालिगलका ज्ञानु भट्टराई, आसमान नेपालका शान्ता सिंह, ओसीएमसीका मनिषा सिमखडा लगायतले महिनावारीका वेला अपनाउनु पर्ने आवश्यक सर्तकता र सरसफाई बारे महिला कैदीबन्दीहरुलाई शिक्षा दिएका थिए ।
१६ दिने अभियान अन्तर्गत अहिले जिल्लामा लैङ्गिक हिंसा न्युनिकरण, महिला सशक्तीकरण र सचेतना सम्बन्धि विशेष कार्यक्रमहरु संचालनमा रहेको लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल सप्तरीले जनाएको छ ।
राजविराज कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड
सारांश
- शुक्रबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत १४ औं दिन तथा पाँचौ अन्तराष्ट्रिय महिला महिनावारी दिवसको अवसर पारेर लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल सप्तरीको अगुवाई तथा अधिकार, न्याय र समाजिक क्षेत्रमा आबद्ध विभिन्न संघ संस्थाको सहयोगमा महिला कैदीबन्दीलाई सेनेटरी प्याड वितरण गरिएको हो ।
- कारागारमा हाल २३ जना महिला कैदीबन्दी छन् ।
- विभिन्न मुदामा सजाय भोग्दै आएका महिला कैदीबन्दीहरुलाई एक कार्यक्रमको आयोजना गरि महिनावारी भएको बेला गरिने सरसफाईबारे सचेतनासंगै सेनेटरी प्याड वितरण गरिएको कार्यक्रमका सहयोगी संस्था मध्येका एक महिला सचेतना समाज सप्तरीकी अध्यक्ष सुनिता साहले बताईन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया