जिल्लाको शान्ति, सुरक्षा र सुशासनलाई चुस्त राख्न प्रतिबद्ध ः प्रजिअ थापा

राजविराज राजविराज
|
शुक्रबार, भाद्र १५, २०८०
|
|
२४ पटक हेरिएको
Shares
जिल्लाको शान्ति, सुरक्षा र सुशासनलाई चुस्त राख्न प्रतिबद्ध ः प्रजिअ थापा

सारांश

  •     जिल्ला प्रशासन कार्यालय सप्तरीमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पत्रकार र प्रशासन एकअर्काको परिपुरक रहेको भन्दै सुमधुर सम्बन्ध हुनुपर्ने आबश्यकता रहेको बताए ।
  •     पत्रकार भेटघाट कार्यक्रम बोल्दै प्रजिअ थापाले जिल्लामा शान्ती सुरक्षा तथा सुशासन कायम राख्नका लागि पत्रकारहरुसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
  •     प्रशासनबाट हुने कमिकमजोरीलाई पत्रकारहरुले निरन्तर खबरदारी गरेमात्र खराव बाटोमा हिड्नेहरु ठूलो दुर्घटनाबाट जोगिने भन्दै उनले त्यसका लागि प्रशासन र पत्रकार विचको सहकार्यलाई प्रगाढ बनाउनमा कमि हुन नदिने बताए ।

दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।

    सप्तरीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाको शान्ति, सुरक्षा र सुशासनलाई चुस्त राख्न प्रतिबद्ध रहेको बताएका छन् ।
    जिल्ला प्रशासन कार्यालय सप्तरीमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पत्रकार र प्रशासन एकअर्काको परिपुरक रहेको भन्दै सुमधुर सम्बन्ध हुनुपर्ने आबश्यकता रहेको बताए ।
    पत्रकार भेटघाट कार्यक्रम बोल्दै प्रजिअ थापाले जिल्लामा शान्ती सुरक्षा तथा सुशासन कायम राख्नका लागि पत्रकारहरुसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
    प्रशासनबाट हुने कमिकमजोरीलाई पत्रकारहरुले निरन्तर खबरदारी गरेमात्र खराव बाटोमा हिड्नेहरु ठूलो दुर्घटनाबाट जोगिने भन्दै उनले त्यसका लागि प्रशासन र पत्रकार विचको सहकार्यलाई प्रगाढ बनाउनमा कमि हुन नदिने बताए । पत्रकारको सुरक्षामा कमि आउन नदिने बताउदै प्रजिअ थापाले प्रशासन र पत्रकार दुबै पक्षको एक–आपसमा सम्मान व्यवहारले सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
    सप्तरीमा खुल्ला सिमानाका कारण हुने चोरी निकासी, मिटरव्याज पीडितका नाममा हुने चलखेल, अस्पतालमा रहेको बेथिति, सडक दुर्घटना, स्थानीय तहहरुमा भईरहेको भ्रष्टाचारको घटना, विधुत समस्या, खुलेआम अखाद्य बस्तुको विक्री वितरण, फोहर व्यवस्थापन, सरकारी कार्यालयमा हुने ढिलासुस्ती, कर्मचारी अभाव र विचौलियाको प्रभाव, लागु औषधको विक्री तथा युवापुस्तामा पारेको प्रभाव, छाडा चौपायाले निम्त्याएको समस्या, सार्वजनिक स्थानहरुमा भइरहेको चोरीका घटना, हत्या तथा अपराधीक घटनामा भईरहेको वृद्धिले शान्ति सुरक्षामा चुनौती थपेकोले यसलाई नियन्त्रण गर्न पत्रकारहरुलाई अग्रसर हुन सुझाव दिए ।
    पछिल्लो समय प्रहरी प्रशासनबाट पत्रकारमाथी कुटपिट, समाचार संकलनमा अबरोध, संविधान तथा मानव अधिकार उल्लंघनका घटनाले सप्तरीका पत्रकारहरु असुरक्षित रहेको भन्दै पत्रकारहरुले प्रजिअ थापाको ध्यानाकर्षण गराएका थिए । पत्रकारहरुले दिएको सुझावलाई गम्भीरतापुर्वक लिएको बताउदै प्रजिअ थापाले क्रमशः कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।
    भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देव, पुर्व केन्द्रिय सदस्य अबधेश झा, प्रेस स्वतन्त्रता सेनानी एवम शाखा सप्तरीका पुर्व सभापति बैधनाथ झा, पूर्वअध्यक्ष धिरेन्द्र प्रसाद साह, वरिष्ठ पत्रकार एवं प्रेस काउन्सीलका पूर्वसदस्य अनिलकुमार अनल, गणेशलाल देव, प्रेस मञ्चका केन्द्रिय सदस्य चन्दन यादव, प्रेस युनियन सप्तरीका अध्यक्ष विनयलाल कर्ण, प्रेस काउन्सीलाई पूर्वसदस्य पत्रकार देवराम यादव, कृष्णा कुमार मण्डल लगायतकाले जिल्लाको अवस्था, तथा बस्तुस्थिति बारे जानकारी गराएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गजेन्द्र नारायण सिहको पुण्य तिथिमा क्रिकेट प्रतियोगिता 
गजेन्द्र नारायण सिहको पुण्य तिथिमा क्रिकेट प्रतियोगिता 
“म पनि पत्रकारिता क्षेत्रबाट आएको व्यक्ति हुँ, पत्रकारहरुको पीडा, दुःख र कष्ट बुझेको छु” ः संचारमन्त्री लेखी 
“म पनि पत्रकारिता क्षेत्रबाट आएको व्यक्ति हुँ, पत्रकारहरुको पीडा, दुःख र कष्ट बुझेको छु” ः संचारमन्त्री लेखी 
आइडियलले पेपर लेस कारोबारलाई निरन्तरता दिँदै
आइडियलले पेपर लेस कारोबारलाई निरन्तरता दिँदै
क्वाराइन्टाइनका लागि १ सय ३ थान पिपिइ लगायतका सामाग्रि 
क्वाराइन्टाइनका लागि १ सय ३ थान पिपिइ लगायतका सामाग्रि 
प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
कुटपिट गर्दै जग्गा मिचेको आरोप
कुटपिट गर्दै जग्गा मिचेको आरोप
चरित्र हत्या गर्ने समाचार प्रकाशन गरेको भन्दै सार्वजनिक रुपमा नेता यादवद्वारा आपत्ति
चरित्र हत्या गर्ने समाचार प्रकाशन गरेको भन्दै सार्वजनिक रुपमा नेता यादवद्वारा आपत्ति
मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
तालाबन्दी गरिएको ढोका अगाडी मैनबत्ति प्रज्वलन
तालाबन्दी गरिएको ढोका अगाडी मैनबत्ति प्रज्वलन
नेतृत्व तहमा बोली र व्यवहार फरक हुँदा नागरिकमा वितृष्णा बढ्यो ः मन्त्री लेखी
नेतृत्व तहमा बोली र व्यवहार फरक हुँदा नागरिकमा वितृष्णा बढ्यो ः मन्त्री लेखी