विकास र शान्तिका लागि छात्रा क्रिकेट प्रतियोगिता

राजविराज राजविराज
|
मंगलबार, चैत्र २७, २०८०
|
|
२३ पटक हेरिएको
Shares
विकास र शान्तिका लागि छात्रा क्रिकेट प्रतियोगिता

सारांश

  •     छात्रा क्रिकेट खेलाडीको उत्पादनसँगै क्षमता अभिबृद्विका लागि मैत्रीपूर्ण उत्कृष्ट थ्री बिच अन्तर बिधालय क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो ।
  •       उक्त प्रतियोगितामा उत्कृष्ट फुलकुमारी महतो माबि सिरहा र लिटिल एन्जेल राजबिराज बिच फाईनल खेल भएको थियो ।
  •       फाईनल खेलमा फुलकुमारी माबि बन्दिपुर सिरहाले लिटिल एन्जेल राजबिराजलाई ६ रनको  जित हात पारेको छ ।

दैनिक समाचारदाता
राजविराज, २७ चैत ।

    बिकास र शान्तिका लागि अन्तराष्ट्रिय खेल दिवसको अवसरमा मंगलबार छात्रा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ । 
    छात्रा क्रिकेट खेलाडीको उत्पादनसँगै क्षमता अभिबृद्विका लागि मैत्रीपूर्ण उत्कृष्ट थ्री बिच अन्तर बिधालय क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो । 
    उक्त प्रतियोगितामा उत्कृष्ट फुलकुमारी महतो माबि सिरहा र लिटिल एन्जेल राजबिराज बिच फाईनल खेल भएको थियो । 
    फाईनल खेलमा फुलकुमारी माबि बन्दिपुर सिरहाले लिटिल एन्जेल राजबिराजलाई ६ रनको  जित हात पारेको छ । निर्धारित ८ ओभरको खेलमा टस जितेर लिटिलले फुलकुमारी माबिलाई ब्याटिङ गर्न दिएपछि फुलकुमारीले ४४ रनको योगफल खडा गरेको थियो । 
    जवाफमा लिटिल एन्जेल राजबिराजले ८ ओभरको खेलमा ३६ रन मात्र बनाउन सकेपछि फलकुमारी माबिले ६ रनले प्रतियोगिताको उपाधी जितेको हो । 
    राजबिराजस्थित पवि माबि खेलमैदानमा समानताको लागि क्रिकेट परियोजना अन्तर्गत सबल नेपाल, क्रिकेट फाउण्डेशनको सहयोगमा तथा सप्तरी क्रिकेट संघको समन्वयमा खेलको आयोजना गरिएको थियो । 
    उक्त प्रतियोगितामा लिटिल एन्जेलस मोडेल स्कुल राजबिराज, भसराज माबि कल्याणपुर र श्री नेपाल राष्ट्रिय फुलकुमारी महतो माबि बन्दिपुर कर्जन्हा सिरहा बिच चार चरणमा प्रतियोगिता गरिएको थियो । 
    समापन्न कार्यक्रममा सबल नेपालका अध्यक्ष जुना गिरी, सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादब, फुलकुमारी माबि बन्दिपुरका प्राधानाध्यापक भानुभक्त ढकाल सबल, नेपालका परियोजना संयोजक नीर बहादुर आलेलगायतले शिल्ड, कप, मेडल प्रदान गरेका थिए भने कार्यक्रममा प्रशिक्षक धर्मेन्द्र चौधरी, सबल नेपालका कार्यक्रम अधिकृत आशिष गुप्ताले गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रअ नियुक्तिमा धाँधली भएको आरोप, छानविनको माग
धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
मैथिली साहित्य परिषदद्वारा होरी मिलन तथा सम्मान समारोह
मैथिली साहित्य परिषदद्वारा होरी मिलन तथा सम्मान समारोह
बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी
बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी
सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
सप्तरीको बैरवामा चैत २१ गते बृहत साहित्यीक कार्यक्रम हुने
सप्तरीको बैरवामा चैत २१ गते बृहत साहित्यीक कार्यक्रम हुने
तिलाठीमा कुस्ती प्रतियोगिता सुरु, सहिद साकेतको स्मारक निर्माणका लागि आर्थिक सहयोग गर्ने ः सामाजिक मन्त्री साह
तिलाठीमा कुस्ती प्रतियोगिता सुरु, सहिद साकेतको स्मारक निर्माणका लागि आर्थिक सहयोग गर्ने ः सामाजिक मन्त्री साह
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव केन्द्रीय सदस्यमा निर्वाचित 
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव केन्द्रीय सदस्यमा निर्वाचित 
राष्ट्रिय अखण्डताको पक्षमा नेवि संघको जागरण अभियान 
राष्ट्रिय अखण्डताको पक्षमा नेवि संघको जागरण अभियान