रु पाँचदेखी १७ हजारसम्म जरिवाना तोकिएका ३९ फरार अभियुक्त पक्राउ

राजविराज राजविराज
|
सोमबार, आश्विन १२, २०७७
|
|
२९ पटक हेरिएको
Shares
रु पाँचदेखी १७ हजारसम्म जरिवाना तोकिएका ३९ फरार अभियुक्त पक्राउ

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आइतबार पक्राउ पर्नेहरुमा जिल्लाको छिन्नमस्ता गाउँपालिकाकै सर्वाधिक १६ जना रहेका छन् ।
  • जसमध्ये ८ जना कुटपिट मुद्दाका तथा ६ जना सार्वजनिक मुद्दा र २ जना लुटपिट मुद्दाका फरार अभियुक्तहरु छन् ।
  •       यस्तै महदेवा, अग्निसाइर कृष्णासवरण, राजविराज, तिलाठी कोइलाडी र डाक्नेश्वरी नगरपालिकाका बासिन्दा छन् ।

दैनिक समाचारदाता
राजविराज, ११ असोज । 
    विभिन्न मुद्दामा अदालतबाट र्कद, जरिवाना तोकी फरार रहेका ३९ जना अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आइतबार पक्राउ पर्नेहरुमा जिल्लाको छिन्नमस्ता गाउँपालिकाकै सर्वाधिक १६ जना रहेका छन् । जसमध्ये ८ जना कुटपिट मुद्दाका तथा ६ जना सार्वजनिक मुद्दा र २ जना लुटपिट मुद्दाका फरार अभियुक्तहरु छन् । 
    यस्तै महदेवा, अग्निसाइर कृष्णासवरण, राजविराज, तिलाठी कोइलाडी र डाक्नेश्वरी नगरपालिकाका बासिन्दा छन् । जसमा कुटपिट, लुटपिट, बालि बिगो, जबरजस्तिकरणी, करकाप लुटपाट, गालि बेइजती, जालसाजि, चोरी लगायतका मुद्दामा रु. ५ देखी १६ हजार ९ सय ८७ रुँपैयासम्म जरिवाना तोकिएको छ ।  
    उनीहरुलाई आइतबारै जिल्ला अदालत सप्तरीमा पेश गरिएको प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिएका छन् । 
    यसअघि प्रहरीले ४५ जना फरार अभियुक्तहरुलाई पक्राउ गरि कैद भुक्तान तथा जरिवानाका लागि अदालतमा पेश गरिसकेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?