दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
छिमेकी मुलुक भारतको विभिन्न राज्यमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । तर, सीमानाकामा भने सतर्कता अपनाइएको देखिन्न् ।
सप्तरीको तिलाठी, पातो, छिन्नमस्ता लगायतका नाकाबाट दैनिक सयौंको संख्यामा भारतबाट नेपाल प्रवेश गर्ने र नेपालबाट भारत जाने गरेका छन् । उनीहरुको स्वास्थ्य परिक्षण नगर्दा जोखिम बढेको स्वास्थ्यकर्मीहरु बताउँछन ।
केही महिना यता जिल्लामा कोरोना संक्रमण दर शून्यमा झरे पनि छिमेकी मुलुक भारतमा फेरी कोरोना भाईरसको संक्रमण बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनिया लाल यादवले कोरोनाको संक्रमण सप्तरीमा पनि फैलिन सक्ने भएकाले सबै सर्वसाधारण सचेत रहन आग्रह गरेका छन् ।
नेपाल–भारत खुला सीमा नाकाबाट निर्वाध आवागमन भइरहेको तथा अधिकांशले मास्कको प्रयोग गर्न छाडेकाले समस्या निम्त्याउन सक्ने भन्दै उनले कोरोना संक्रमण पुनः पैmलन नदिन उच्च सतकर्ता अपनाउन सबै संग अपिल गरे । उनले पीसीआर ल्याब हाल बन्द भएकाले पनि कोरोनाको वास्तविक अवस्था बुझ्न कठिन भएको बताए ।
संघिय सरकारको मातहतमा रहेको गजेन्द्र नारायण सिंह अस्पतालमा यस अघि ठूलै लगानीम पिसीआर प्रयोगशाला स्थापना गरिएको थियो । तर, कर्मचारीको अभावमा हाल परिक्षण सेवा ठप्प भएको मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश साहले बताए ।
उक्त प्रयोगशाला गत बैशाख देखि नै बन्द रहेको अस्पतालका कर्मचारीहरुले बताएका छन । यता विगतमा नाकाहरुमा हेल्थ डेस्क स्थापना गरी परिक्षण गरिदै आएकोमा हाल ५÷६ महिना देखी सो कार्य पनि बन्द रहेको छ ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै, सीमा नाकामा छैन सतर्कता
सारांश
- सप्तरीको तिलाठी, पातो, छिन्नमस्ता लगायतका नाकाबाट दैनिक सयौंको संख्यामा भारतबाट नेपाल प्रवेश गर्ने र नेपालबाट भारत जाने गरेका छन् ।
- उनीहरुको स्वास्थ्य परिक्षण नगर्दा जोखिम बढेको स्वास्थ्यकर्मीहरु बताउँछन ।
- केही महिना यता जिल्लामा कोरोना संक्रमण दर शून्यमा झरे पनि छिमेकी मुलुक भारतमा फेरी कोरोना भाईरसको संक्रमण बढ्न थालेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया