दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
सप्तरीमा आइतबार एकै टोलका ११ जनासहित १५ जना कोरोना संक्रमित फेला परेका छन् ।
आइतबारै परिक्षण गरिएका २२ मध्ये १५ जना संक्रमित फेला परेका हुन् । फेला परेका संक्रमित मध्ये ९ जना पुरुष र ६ जना महिला छन् ।
जिल्लाको डाक्नेश्वर नगरपालिका ३ तरहीका ११ जना संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । ती एघारै जना चार परिवारका छिमेकी रहेको उनले जानकारी दिए ।
यस्तै फेला परेका अन्य संक्रमितहरु विष्णुपुर गाउँपालिका, राजविराज नगरपालिका, हनुमानगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक/एक जना रहेका छन् ।
ती मध्ये जटिल अवस्थाका एक जनालाई गजेन्द्र नारायण सिंह अस्पतालकै आइसोलेशनमा तथा अन्य संक्रमितलाई होमआइसोलेशनमा पठाइएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले बताए ।
योसँगै एक महिना यता कोरोनाबाट संक्रमित हुनेको संख्या जिल्लामा २७ पुगेको छ ।
सप्तरीमा एकै टोलका ११ जनासहित १५ जना संक्रमित
सारांश
- आइतबारै परिक्षण गरिएका २२ मध्ये १५ जना संक्रमित फेला परेका हुन् ।
- फेला परेका संक्रमित मध्ये ९ जना पुरुष र ६ जना महिला छन् ।
- जिल्लाको डाक्नेश्वर नगरपालिका ३ तरहीका ११ जना संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया