दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
सप्तरी प्रहरीले तीन दिनमा २१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
प्रहरीले फरार अभियुक्तमाथी कडा निगरानी र अनुसन्धान बढाएसंगै विभिन्न अपराधका अभियक्त पक्राउ पर्ने क्रम बढेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ परेका सबै जनालाई बुधवार सार्वजनिक गरेको छ । पछिल्लो तीन दिन यता पक्राउ पर्नेहरुमा कुटपिटका सर्वाधिक १२ जना छन । यस्तै लुटपीट र चोरीका २÷२ तथा जबरजस्ती करणी, जालसाजी, गाली बेइज्जत, सवारी ज्यान, ज्यान मार्ने उधोगका १÷१ अभियुक्त रहेका छन ।
अपराध घटनाको अनुसन्धान तथा अदालतको पैmसला कार्यान्वयन गर्ने क्रममा फरार भइ लुकिछिपी वसेकाहरु सुराकी र निगरानी बढाएसंगै धमाधम पक्राउ पर्न थालेको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
यसरी पक्राउ परेकाहरबाट ५ वर्ष ६ महिना कैद सजाय वसुलका लागी कारागार चलान गरिएको छ भने १ लाख २४ हजार १ सय ५० रुपैया जरिवाना समेत असुल गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
विगतका वर्षहरु भन्दा यो वर्ष फरार अभियुक्तको सूचीमा रहेका धेरै ब्यक्ती पक्राउ परेको प्रहरी तथ्याँकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले यस अघि चालु आव २०८१÷०८२ को असोज देखी कार्तिक १७ सम्म (जम्मा ३० दिन) एक महिनाको सार्वजनिक मासिक प्रतिवेदनमा ६६ जनालाई पक्राउ गरेको उल्लेख थियो । जसबाट ३ लाख ३१ हजार ८ सय ६१ रुपैया जरिवाना तथा ४ वर्ष २ महिना ११ दिन कैद भुक्तानका लागी कारागार चलान गरिएको थियो ।
यस बाहेक प्रहरीको फरार सूचिमा अहिले ३ हजारको हाराहारीमा अभियुक्त रहेका छन । जसको खोजी कार्य तिब्र बनाइएको प्रहरीको भनाई छ । फरार अभियुक्त पक्राउ गरी पैmसला कार्यान्वयन गर्दा प्रहरीले राजश्व रकम समेत बढाएको छ ।
तीन दिनमा २१ जना फरार अभियुक्त पक्राउ
सारांश
- प्रहरीले फरार अभियुक्तमाथी कडा निगरानी र अनुसन्धान बढाएसंगै विभिन्न अपराधका अभियक्त पक्राउ पर्ने क्रम बढेको हो ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ परेका सबै जनालाई बुधवार सार्वजनिक गरेको छ ।
- पछिल्लो तीन दिन यता पक्राउ पर्नेहरुमा कुटपिटका सर्वाधिक १२ जना छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया