नयाँ एसपीको पहिलो प्राथमिकता शान्ति सुरक्षा र दोश्रो चोरी तस्करी नियन्त्रण

राजविराज राजविराज
|
बुधबार, फाल्गुन ३, २०७९
|
|
२३ पटक हेरिएको
Shares
नयाँ एसपीको पहिलो प्राथमिकता शान्ति सुरक्षा र दोश्रो चोरी तस्करी नियन्त्रण

सारांश

  •     प्रहरी प्रमुख भएर भर्खरै जिल्ला आएका उनले बुधबार जिल्ला प्रहरी कार्यालयको सभाकक्षमा संचारकर्मीहरुसित परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि उनले यस्तो बताएका हुन् ।
  •       शान्ति सुरक्षा पहिलो प्राथमिकतामा राखेकोले यसको प्रत्याभूति दिलाउन चालिने हरेक पाइलामा सबैको सकारात्मक सहयोगको अपेक्षा उनले गरेका छन् ।
  • उनले खुला सिमानाका कारण हुने चोरी तस्करी नियन्त्रण आफ्नो दोश्रो प्राथमिकतामा राखेको बताउँदै यसका लागि सीमानाकामा खटिने प्रहरीलाई विशेष निर्देशनसहित परिचालन गरिने र भन्सार छलेर ल्याइएका अवैध सरसामान समात्ने प्रहरीलाई पुरस्कृत गरिने योजना समेत बनाइएको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ३ फागुन । 

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख नरेन्द्र कुमार कार्कीले शान्ति सुरक्षाको प्रत्याभूति आफ्नो पहिलो प्रथमिकतामा रहेको बताएका छन् । 
    प्रहरी प्रमुख भएर भर्खरै जिल्ला आएका उनले बुधबार जिल्ला प्रहरी कार्यालयको सभाकक्षमा संचारकर्मीहरुसित परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि उनले यस्तो बताएका हुन् । 
    शान्ति सुरक्षा पहिलो प्राथमिकतामा राखेकोले यसको प्रत्याभूति दिलाउन चालिने हरेक पाइलामा सबैको सकारात्मक सहयोगको अपेक्षा उनले गरेका छन् । उनले खुला सिमानाका कारण हुने चोरी तस्करी नियन्त्रण आफ्नो दोश्रो प्राथमिकतामा राखेको बताउँदै यसका लागि सीमानाकामा खटिने प्रहरीलाई विशेष निर्देशनसहित परिचालन गरिने र भन्सार छलेर ल्याइएका अवैध सरसामान समात्ने प्रहरीलाई पुरस्कृत गरिने योजना समेत बनाइएको जानकारी दिए । 
    जनता र प्रहरीबीच आपसी सम्बन्ध प्रगाढ बनाउन प्रहरीलाई व्यवहारिक ज्ञान समेत दिन लागिएको उनले बताए । उनले सुरक्षित समाज तथा अपराध नियन्त्रणका लागि प्रत्येक पालिकामा सिसि टिभि क्यामरा जडान तथा विद्युतको पहुँच आवश्यक रहेको तर्क दिँदै यसको व्यवस्थापनका लागि संचारकर्मीहरुले समेत सम्बन्धीत पालिका प्रमुखसँग पहल गरिदिन आग्रह गरे । 
    संचारकर्मीहरुले सुचनामा पहुँच, पत्रकारहरुको सम्मान र सुरक्षा, चोरी तस्करी, लागु औषध ओसारपोसार, मिटर ब्याजी, विद्यालय आसपास खोलिएका मदिरा पसलमा रोक, ट्राफिक ब्यवस्थापन तथा जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउने लगायतका विभिन्न विषयमा आ–आफ्ना गुनासा र सुझाव राखेका थिए । 
    जवाफमा उनले सुरक्षा सुधार्ने, समयमा सूचना प्रवाह गर्ने तथा समाजमा ब्याप्त विभिन्न बिकृतीहरु बिरुद्ध प्रहरीले सबै सरोकारवालाको सहकार्यमा समुदायमा सचेतना दिने नीति बनाएको बताए । आफू पत्रकारहरुसँग दुरी होइन् निकटता राख्ने र सत्यतथ्य समाचारको स्वागत गर्ने पक्षमा रहेको दृढता व्यक्त गर्दै उनले सप्तरीका पत्रकारहरुबाट पनि त्यसै प्रकारको सहयोग पाउने विश्वास ब्यक्त गरे । 
    नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंह, इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी दिपक राई लगायत संचारकर्मीको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूर्यनाथ पुन: माओवादीमै फर्किए
सूर्यनाथ पुन: माओवादीमै फर्किए
मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
आप्mनो उम्मेदवारी निस्कृय पार्दै अर्का उम्मेदवारलाई समर्थन गर्ने क्रम बढ्दै
आप्mनो उम्मेदवारी निस्कृय पार्दै अर्का उम्मेदवारलाई समर्थन गर्ने क्रम बढ्दै
एक बालकसहित तीन जनामा कोरोना संक्रमणको पुष्टि
एक बालकसहित तीन जनामा कोरोना संक्रमणको पुष्टि
उच्च अदालत बार एशोसिएशनमा दुई पद बाहेक  अध्यक्षसहित लोकतान्त्रिक समूहका बिजयी
उच्च अदालत बार एशोसिएशनमा दुई पद बाहेक  अध्यक्षसहित लोकतान्त्रिक समूहका बिजयी
कार्यालयको पर्खालमा कोरिदै मिथिला चित्रकला  
कार्यालयको पर्खालमा कोरिदै मिथिला चित्रकला  
कात्तिक २१ देखी सहिद दिलिप स्मृति फुटबल प्रतियोगिता
कात्तिक २१ देखी सहिद दिलिप स्मृति फुटबल प्रतियोगिता
राजविराज द किंग्स बन्यो मेयर कप सप्तरी प्रिमियर लिग चौथो संस्करणको बिजेता
राजविराज द किंग्स बन्यो मेयर कप सप्तरी प्रिमियर लिग चौथो संस्करणको बिजेता
जन ज्योतिको पदस्थापना तथा सपथग्रहण सम्पन्न
जन ज्योतिको पदस्थापना तथा सपथग्रहण सम्पन्न