दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
संविधान दिवसको अवसरमा सरकारले राजविराज कारागारका एक महिलासहित ६ जना कैदीलाई माफि दिएको छ ।
कैद सजाय मिनाहा भई रिहा भएकाहरुमा कर्तब्य ज्यान तर्पmका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाकी निरपती मिश्रा, ज्यान मार्ने उधोग तर्फका राजविराज नगरपालिका निवासी शुभकरण खंग, महेश खंग, सवारी ज्यान तर्फ शम्भुनाथ नगरपालिकाका राजेन्द्र कुमार मण्डल र डाँका तर्फका खडक नगरपालिकाका शिव कुमार राम छन् ।
यस्तै सवारी अंगभंग मुदाका पाचथर जिल्ला निवासी सगुन लिम्बु पनि रिहा भएका छन् । जेलर सुमन कोईरालाका अनुसार राम्रो आचारण भएकाले सरकारबाट उनीहरुलाई बाँकि कैद सजाय मिनाहा गरी कैद मुक्त गरिएको हो ।
मन्त्रि परिषदको २९ भदौको बैठकको सिफारिसमा मुलुकी फौजदारी कार्याविधी सहित, २०७४ को दफा १६५ को प्रावधान अनुसार राष्ट्रपती कार्यलयबाट बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिएको राजविराज कारागारले जनाएको छ ।
एक महिलासहित ६ कैदीलाई माफी
सारांश
- कैद सजाय मिनाहा भई रिहा भएकाहरुमा कर्तब्य ज्यान तर्पmका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाकी निरपती मिश्रा, ज्यान मार्ने उधोग तर्फका राजविराज नगरपालिका निवासी शुभकरण खंग, महेश खंग, सवारी ज्यान तर्फ शम्भुनाथ नगरपालिकाका राजेन्द्र कुमार मण्डल र डाँका तर्फका खडक नगरपालिकाका शिव कुमार राम छन् ।
- यस्तै सवारी अंगभंग मुदाका पाचथर जिल्ला निवासी सगुन लिम्बु पनि रिहा भएका छन् ।
- जेलर सुमन कोईरालाका अनुसार राम्रो आचारण भएकाले सरकारबाट उनीहरुलाई बाँकि कैद सजाय मिनाहा गरी कैद मुक्त गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया