सप्तरीमा एक सय १५ सुरक्षाकर्मी संंक्रमित

राजविराज राजविराज
|
बुधबार, आश्विन ७, २०७७
|
|
६९ पटक हेरिएको
Shares
सप्तरीमा एक सय १५ सुरक्षाकर्मी संंक्रमित

सारांश

  •     कोरोना महामारी रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान, नियमित शान्ति सुरक्षा व्यवस्थापन लगायतमा खटिएका नेपाल र सशस्त्र प्रहरीमा संक्रमणको दर बढ्न थालेको हो ।
  •       यता क्वारेन्टाइन, आइसोलेशन र संक्रमितको मृत्युपछि शव व्यवस्थापनमा खटिने गरिएका सेनामा पनि कोरोना संक्रमण भएको छ ।
  •       जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार नेपाल प्रहरीतर्फ जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी र डिएसपसिहित ६७ जना, सशस्त्र प्रहरीतर्फ २ जना तथा प्रदेश प्रहरी तालिम केन्द्र राजविराजका ३७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण फेला परिसकेको छ ।

दैनिक समाचारदाता
राजविराज, ६ असोज । 
    सप्तरीमा सुरक्षाकर्मीहरुमा पनि कोरोना संक्रमण बढ्दो छ । सप्तरी जिल्लामा मंगलबारसम्म तीनै सुरक्षानिकाय गरि १ सय १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
    कोरोना महामारी रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान, नियमित शान्ति सुरक्षा व्यवस्थापन लगायतमा खटिएका नेपाल र सशस्त्र प्रहरीमा संक्रमणको दर बढ्न थालेको हो । 
    यता क्वारेन्टाइन, आइसोलेशन र संक्रमितको मृत्युपछि शव व्यवस्थापनमा खटिने गरिएका सेनामा पनि कोरोना संक्रमण भएको छ । 
    जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार नेपाल प्रहरीतर्फ जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी र डिएसपसिहित ६७ जना, सशस्त्र प्रहरीतर्फ २ जना तथा प्रदेश प्रहरी तालिम केन्द्र राजविराजका ३७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण फेला परिसकेको छ । 
    यसरी कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन, जमघट, भेला, भिडभाड लगायत समूहगत कार्यक्रम अहिले बन्द गरेको छ । 
    त्यस्तै राजविराजस्थित नेपाली सेनाको भिमदल गणका ९ जना सेनामा पनि कोरोना संक्रमणको पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए । 
    जिल्लामा हालसम्म संक्रमितको कुल संख्या १ हजार २ सय ६ छन् । जसमध्ये सुरक्षा निकायतर्फका संक्रमितको संख्या १ सय १५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अशक्तलाई ह्वील चेयर, दृष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्री वितरण
अशक्तलाई ह्वील चेयर, दृष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्री वितरण
सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन 
सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन 
रहेनन् पुराना काँग्रेसी भरत
रहेनन् पुराना काँग्रेसी भरत
प्रहरी दिवसमा बृक्षारोपन तथा धार्मिक स्थलको सरसफाई
प्रहरी दिवसमा बृक्षारोपन तथा धार्मिक स्थलको सरसफाई
ठूलो परिमाणको पटाका बरामदपछि नष्ट
ठूलो परिमाणको पटाका बरामदपछि नष्ट
मधेशको विकासका लागि प्रधानमन्त्री चिन्तित ः यूवा संघका इन्चार्ज बस्नेत 
मधेशको विकासका लागि प्रधानमन्त्री चिन्तित ः यूवा संघका इन्चार्ज बस्नेत 
व्यवस्थापन समिति गठनको माग गर्दै रिले अनसन
व्यवस्थापन समिति गठनको माग गर्दै रिले अनसन
दुई विद्यालयमा सरसफाईका सामग्रीहरु हस्तान्तरण
दुई विद्यालयमा सरसफाईका सामग्रीहरु हस्तान्तरण
बोदेबरसाइन नगरपालिकामा समयमा भेटिदैनन् कर्मचारी, सेवाग्राही सास्तीमा,  आवश्यक भन्दा बढी खरीद गरिएको फर्निचर वेवारिसे अवस्था
बोदेबरसाइन नगरपालिकामा समयमा भेटिदैनन् कर्मचारी, सेवाग्राही सास्तीमा,  आवश्यक भन्दा बढी खरीद गरिएको फर्निचर वेवारिसे अवस्था
सीके राउतद्वारा “जनमत पार्टी” खोल्ने घोषणा