समाजसेवी भगतद्वारा दुई सय बालबालिकालाई पोशाक प्रदान

राजविराज राजविराज
|
शनिबार, कार्तिक २५, २०८०
|
|
२३ पटक हेरिएको
Shares
समाजसेवी भगतद्वारा दुई सय बालबालिकालाई पोशाक प्रदान

सारांश

  •     सप्तरीकोे रुपनी गाउँपालिका ६ बिरेन्द्र बजार निवासी रंजित भगतले सोही गाउँपालिका १ रायपुरको विपन्न बस्तीका गरिब, असाहय, विपन्न र दलित परिवारका दुई सय बालबालिकालाई २ सय थान भेष्ट र हाफ पाइन्ट बितरण गरे ।
  • यसरी कपडा पाउनेहरुमा एक वर्षदेखी १० वर्ष उमेर समूहका बालबालिका छन् ।
  •       स्थानीयवासी भागवत प्रसाद यादवका अनुसार समाजसेवी भगतले बितरण गरेको पोशाक पाउनेमा मुस्लिम समुदायका ८० र हिन्दु समुदायका १ सय २० बालबालिका छन् ।

दैनिक समाचारदाता
राजविराज, २५ कात्तिक । 

    सप्तरीका एक समाजसेवीले शनिबार दुई सय बालबालिकालाई निजि खर्चमा पोशाक बितरण गरेका छन् । 
    सप्तरीकोे रुपनी गाउँपालिका ६ बिरेन्द्र बजार निवासी रंजित भगतले सोही गाउँपालिका १ रायपुरको विपन्न बस्तीका गरिब, असाहय, विपन्न र दलित परिवारका दुई सय बालबालिकालाई २ सय थान भेष्ट र हाफ पाइन्ट बितरण गरे । यसरी कपडा पाउनेहरुमा एक वर्षदेखी १० वर्ष उमेर समूहका बालबालिका छन् । 
    स्थानीयवासी भागवत प्रसाद यादवका अनुसार समाजसेवी भगतले बितरण गरेको पोशाक पाउनेमा मुस्लिम समुदायका ८० र हिन्दु समुदायका १ सय २० बालबालिका छन् । गाउँ समाजमा सामुहिक काममा सहयोग गर्ने भगतले निजि खर्चमा गरिब, असाहय परिवारका बालबालिकालाई सहयोग गरेर ठूलो गुण लगाएको उनको भनाई छ । 
    विपन्न बालबालिकाको अवस्था बारे स्थानीयले जानकारी गराएपछि आफूले सहयोग गरेको भन्दै भगतले भने, “छोरा छोरीलाई शिक्षा दिने रहर हुँदा हुँदै आर्थिक अभावका कारण रहर पुरा गर्न नसकेका गरिब असाहय परिवारका अभिभावकलाई थोरै भए पनि सहयोग पु¥याउने प्रयास गरेको हुँ ।”
    ३८ वर्षिय भगत एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल सप्तरीका उपाध्यक्ष समेत हुन् । भगतले यस अघि रुपनी गाउँपालिकाको विभिन्न विद्यालय तथा विपन्न बस्तीमै पुगेर झण्डै १ हजार बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्रि आफ्नो व्यक्तिगत खर्चमै बितरण गरिसकेका छन् । 
    चार दिनअघि पनि उनले विपन्न बस्तीका ४ एकल महिला, २ अपाङता भएका पुरुष र ३ ज्येष्ठ नागरिकको घरमै पुगि लत्ताकपडा र खाद्यान्न बितरण गरेको स्थानीय समाजसेवी दुर्गानन्द ठाकुरले बताए । 
    विपन्न, दलित, असाहय वर्गका बालबालिकालाई आमाबुबाको ज्यालाले एकमुष्ट ठूलो रकम खर्चेर पोशाक र शैक्षिक सामाग्रि खरीद गर्न समस्या भइरहेका बेला भगतले देखाएको सहयोगी ह्दय उदाहरण रहेको भन्दै स्थानीयले उनको प्रसंशा गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किसानका लागि बितरण गर्न राखिएको अनुदानको गहुँको बिऊ लुटिए
किसानका लागि बितरण गर्न राखिएको अनुदानको गहुँको बिऊ लुटिए
सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने
सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने
प्रेम विवाह गरेर अलपत्र परेकी युवती न्यायका लागि गुहार्दै
प्रेम विवाह गरेर अलपत्र परेकी युवती न्यायका लागि गुहार्दै
जिल्ला बारद्वारा न्यायाधिश संजेलको बिदाई तथा सम्मान
जिल्ला बारद्वारा न्यायाधिश संजेलको बिदाई तथा सम्मान
संस्कृतिको संरक्षण र सम्बद्र्धन हाम्रै दायित्व हो ः तातेड़
संस्कृतिको संरक्षण र सम्बद्र्धन हाम्रै दायित्व हो ः तातेड़
कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी 
कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी 
सप्तरीमा दुई जनामा कोरोना संक्रमणको पुष्टि
सप्तरीमा दुई जनामा कोरोना संक्रमणको पुष्टि
पानी तान्ने क्रममा मोटरमा  करेन्ट लागेर एकको मृत्यु
पानी तान्ने क्रममा मोटरमा  करेन्ट लागेर एकको मृत्यु
अध्यादेशविरुद्ध नेकपा एमालेद्वारा बिरोध
अध्यादेशविरुद्ध नेकपा एमालेद्वारा बिरोध
भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै
भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै