दैनिक समाचारदाता
राजविराज, २ भदौं ।
नेकपा एमाले निकटका युवा र विद्यार्थीहरुले सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेशलाई दल विभाजन गर्ने उदेश्यले ल्याईएको भन्दै बुधवार राजविराजमा मशाल जुलुस प्रर्दशन गर्दै विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु जिल्ला कमिटी सप्तरीको संयुक्त अगुवाईमा स्थानीय हुनमान मन्दिरको प्रागंणबाट निस्केको मसाल जुलुश बजार क्षेत्र परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगी विरोध सभामा परिणत भएको थियो ।
सभालाई युवा संघ नेपालका जिल्ला अध्यक्ष चितरंजन यादव, अनेरास्ववियुका जिल्ला अध्यक्ष ललित नारायण रजक, एमाले जिल्ला कमिटीका सचिव देवनाथ यादव, जिल्ला कमिटी सदस्य अखिलेश झा, दुर्गानन्द ठाकुर, आकाश यादव, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य रंजन झा लगायतले सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल एमालेलाई विभाजन गर्नका लागी अध्यादेश ल्याइएको बताए ।
अध्यायदेशले मुलुकलाई अस्थिरता तर्फ धकेल्ने भन्दै फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।
अध्यादेशविरुद्ध नेकपा एमालेद्वारा बिरोध
सारांश
- राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु जिल्ला कमिटी सप्तरीको संयुक्त अगुवाईमा स्थानीय हुनमान मन्दिरको प्रागंणबाट निस्केको मसाल जुलुश बजार क्षेत्र परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगी विरोध सभामा परिणत भएको थियो ।
- सभालाई युवा संघ नेपालका जिल्ला अध्यक्ष चितरंजन यादव, अनेरास्ववियुका जिल्ला अध्यक्ष ललित नारायण रजक, एमाले जिल्ला कमिटीका सचिव देवनाथ यादव, जिल्ला कमिटी सदस्य अखिलेश झा, दुर्गानन्द ठाकुर, आकाश यादव, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य रंजन झा लगायतले सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल एमालेलाई विभाजन गर्नका लागी अध्यादेश ल्याइएको बताए ।
- अध्यायदेशले मुलुकलाई अस्थिरता तर्फ धकेल्ने भन्दै फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया