दैनिक समाचारदाता
राजविराज, २ पुस ।
सप्तरीको महादेवा गाउँपालिकामा बर्र्षौदेखि अतिक्रमित जग्गा खाली गराउने अभियान सोमवारदेखि शुरु भएको छ ।
गाउँपालिका भित्रको ६ बटै वडामा अतिक्रमित जग्गालाई खाली गराउने अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले जानकारी दिएका छन् ।
अतिक्रमणको कारण बाटो, सार्वजनिक पोखरी, डगर, बाटोलाई पहिलो प्राथमिकतामा राखेर कामलाई वडा नं. ५ भगवतपुरस्थित वडका पोखरीबाट अभियान शुरु गरिएको छ ।
पोखरीको चारै तर्फ डिललाई स्थानियले अतिक्रमण गरी विभिन्न संरचना विगत बर्षदेखि निर्माण गरी उपभोग गरीरहेको स्थानिय युवा विनय विक्रम मण्डलले बताए ।
पोखरीको अन्दाजी एक विगहा जग्गालाई जे.सी.वी प्रयोग गरेर अतिक्रमण मुक्त गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले बताउँदै अभियान अन्य वडाहरुमा समेत क्रमशः निरन्तर जारी रहने उनको भनाई छ ।
अतिक्रमण कार्यमा शान्ति सुरक्षाको लागी स्थानिय प्रहरी चोकीसगै समन्वय समेत गरीएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताए । अतिक्रमित जग्गाहरुलाई प्राथमिकतामा राखेर कामलाई अगाडी बढाएको वडा नं. ५ का अध्यक्ष हरेराम मण्डलले जानकारी दिए ।
बर्र्षौदेखि अतिक्रमित जग्गा खाली गराउदै महादेवा गाउँपालिका
सारांश
- गाउँपालिका भित्रको ६ बटै वडामा अतिक्रमित जग्गालाई खाली गराउने अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले जानकारी दिएका छन् ।
- अतिक्रमणको कारण बाटो, सार्वजनिक पोखरी, डगर, बाटोलाई पहिलो प्राथमिकतामा राखेर कामलाई वडा नं.
- ५ भगवतपुरस्थित वडका पोखरीबाट अभियान शुरु गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया