दैनिक समाचारदाता
राजविराज, २ पुस ।
सप्तरीको महादेवा गाउँपालिकामा बर्र्षौदेखि अतिक्रमित जग्गा खाली गराउने अभियान सोमवारदेखि शुरु भएको छ ।
गाउँपालिका भित्रको ६ बटै वडामा अतिक्रमित जग्गालाई खाली गराउने अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले जानकारी दिएका छन् ।
अतिक्रमणको कारण बाटो, सार्वजनिक पोखरी, डगर, बाटोलाई पहिलो प्राथमिकतामा राखेर कामलाई वडा नं. ५ भगवतपुरस्थित वडका पोखरीबाट अभियान शुरु गरिएको छ ।
पोखरीको चारै तर्फ डिललाई स्थानियले अतिक्रमण गरी विभिन्न संरचना विगत बर्षदेखि निर्माण गरी उपभोग गरीरहेको स्थानिय युवा विनय विक्रम मण्डलले बताए ।
पोखरीको अन्दाजी एक विगहा जग्गालाई जे.सी.वी प्रयोग गरेर अतिक्रमण मुक्त गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले बताउँदै अभियान अन्य वडाहरुमा समेत क्रमशः निरन्तर जारी रहने उनको भनाई छ ।
अतिक्रमण कार्यमा शान्ति सुरक्षाको लागी स्थानिय प्रहरी चोकीसगै समन्वय समेत गरीएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताए । अतिक्रमित जग्गाहरुलाई प्राथमिकतामा राखेर कामलाई अगाडी बढाएको वडा नं. ५ का अध्यक्ष हरेराम मण्डलले जानकारी दिए ।
बर्र्षौदेखि अतिक्रमित जग्गा खाली गराउदै महादेवा गाउँपालिका
सारांश
- गाउँपालिका भित्रको ६ बटै वडामा अतिक्रमित जग्गालाई खाली गराउने अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले जानकारी दिएका छन् ।
- अतिक्रमणको कारण बाटो, सार्वजनिक पोखरी, डगर, बाटोलाई पहिलो प्राथमिकतामा राखेर कामलाई वडा नं.
- ५ भगवतपुरस्थित वडका पोखरीबाट अभियान शुरु गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया