सर्वाधिक पुरस्कार राशी भएको मेयरकप प्रिमियर लिग सुरु, छिन्नमस्ताको विजयी सुरुवात

राजविराज राजविराज
|
शुक्रबार, जेठ १८, २०८१
|
|
२३ पटक हेरिएको
Shares
सर्वाधिक पुरस्कार राशी भएको मेयरकप प्रिमियर लिग सुरु, छिन्नमस्ताको विजयी सुरुवात

सारांश

  •     प्रतियोगिताको छैठो संस्करण स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय खेल मैदानमा सुरु भएको हो ।
  •       प्रतियोगिताको राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत परवीनले ब्याटिङ, कंचनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले बलिङ तथा तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादवले विकेट किपिङ गर्दै उद्घाटन गरेका छन ।
  •       प्रतियोगितको उद्घाटन खेलमा छिन्नमस्ता लायन्सले कंचनरुप राइनोजलाई २२ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, १८ जेठ । 

    जिल्ला कै सर्वाधिक पुरस्कार राशी भएको मेयरकप सप्तरी प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता शुक्रवारदेखि राजविराजमा सुरु भएको छ । 
    प्रतियोगिताको छैठो संस्करण स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय खेल मैदानमा सुरु भएको हो । 
    प्रतियोगिताको राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत परवीनले ब्याटिङ, कंचनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले बलिङ तथा तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादवले विकेट किपिङ गर्दै उद्घाटन गरेका छन । 
    प्रतियोगितको उद्घाटन खेलमा छिन्नमस्ता लायन्सले कंचनरुप राइनोजलाई २२ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । टस हारेर ब्याटिङ गर्ने अवसर पाएको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै १ सय ८८ रन जोडेको थियो । जसमा सुमित नेवारले सर्वाधिक ४२, भिम सार्की ३०, राज बर्मा २६ र विशाल पटेलले १९ रनको योगदान दिए । बलिङतर्फ कंचनरुप राईनोजका उमेश चौधरी र राहुल मण्डलले ३÷३ तथा रासिद खान र दिनेश अधिकारीले १÷१ विकेट हात पारे । 
    एक सय ८९ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको कंचनरुप राईनोज १९.४ ओभरमा १ सय ६५ रन मै समेटिएको थियो । कंचनरुपका लागी रासिद खानले सर्वाधिक ४७ दिनेश अधिकारीले ३१ र चित्र बहादुुर विष्टले २३ रनको योगदान दिए । बलिङतर्फ छिन्नमस्ताका विशाल पटेल सर्वाधिक ४ विकेट लिए । यस्तै एमडी सोहेलले ३ र सुमित नेवारले २ विकेट हात पारे । उक्त खेलको म्यान अफ द म्याच छिन्नमस्ता लायन्सका विशाल पटेल घोषित भए । 
    प्रतियोगितको विजेता टिमले ट्रफीसहित ३ लाख र उविजेताले १ लाख ५० हजार रुपैया नगद पुरस्कार पाउने छन् ।
    राजविराज नगरपालिकाको सहयोग, नेपाल क्रिकेट संघ (क्यान) र मधेश प्रदेश क्रिकेट संघको समन्वय तथा क्रिकेट संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा अन्य केही पालिका र संघ संस्थाले समेत सहयोग गरेको क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए । 
    जेठ २८ सम्म चल्ने प्रतियोगितमा राजविराज राजदेवी ११, बलानविहुल सुपर किङ्स, तिरहुत टाइगर्स, सनराईज एलेवन तिलाठी कोइलाडी, कंचनरुप राईनोज र छिन्नमस्ता लायन्स गरी कुल ६ टिमको सहभागिता रहेको आयोजक समितीका सचिव चन्दन यादवले जानकारी दिए ।
    यस अघि क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठको अध्यक्षतमा आयोजित उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी किरण थापा, राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत परवीन, कंचनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ता, तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादव, बलानविहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
प्रहरी उपरिक्षक सम्मानित
प्रहरी उपरिक्षक सम्मानित
स्वास्थ्य शिविरमा एक हजार भन्दा बढी लाभान्वित
स्वास्थ्य शिविरमा एक हजार भन्दा बढी लाभान्वित
दोषिमाथी कारवाहीको माग गर्दै प्रदर्शन
दोषिमाथी कारवाहीको माग गर्दै प्रदर्शन
मविव क्याम्पस राजबिराजमा नेकपा एसको विद्यार्थी संगठन गठन 
मविव क्याम्पस राजबिराजमा नेकपा एसको विद्यार्थी संगठन गठन 
लोसपाले सदस्यता बितरणलाई निरन्तरता दिँदै
लोसपाले सदस्यता बितरणलाई निरन्तरता दिँदै
उत्पीडित समुदायको अधिकार सुनिश्चितताको  लडाई अझै जारी छ ः उपेन्द्र यादव
उत्पीडित समुदायको अधिकार सुनिश्चितताको  लडाई अझै जारी छ ः उपेन्द्र यादव
आगलागीमा पाँच घर नष्ट दश लाख बराबरको क्षति
आगलागीमा पाँच घर नष्ट दश लाख बराबरको क्षति
तीन दिवसीय नेपाल भारत मैत्री साँस्कृतिक संगम भारतको बृन्दावनमा आयोजना हुने 
तीन दिवसीय नेपाल भारत मैत्री साँस्कृतिक संगम भारतको बृन्दावनमा आयोजना हुने 
देवरले पेट्रोल छर्केर आगो लगाइदिएका भाउजुको उपचारका क्रममा मृत्यु, अढाई वर्षिया छोरी घाइते फरार देवरको खोजी कार्य जारि ः प्रहरी
देवरले पेट्रोल छर्केर आगो लगाइदिएका भाउजुको उपचारका क्रममा मृत्यु, अढाई वर्षिया छोरी घाइते फरार देवरको खोजी कार्य जारि ः प्रहरी