दैनिक समाचारदाता
राजविराज, ४ असार ।
सप्तरी प्रहरीले १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले १० वर्षिय बालिका बलात्कार गरि फरार रहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ निवासी ओमप्रकाश मुखियालाई घरमै लुकीबसेको अवस्थामा पक्राउ गरेको हो । सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएका उनलाई आदेशानुसार कैद भुक्तानका लागि शुक्रबार राजविराज कारागार चलान गरिएको छ ।
२०६४ साल असोज ९ गते २ बजेतिर सोही गाउँपालिकाकी १० वर्षिय बालिका गाईबस्तु चराउन घरबाहिर निस्केको मौकाछोपी मुखियासहितको चारजनाको समूहले बाँसघारीमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । घटना लगत्तै बलात्कारमा संलग्न सबै फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्त एवं डिएसपी माधवप्रसाद काफ्लेका अनुसार उक्त मुद्दा उपर सुनुवाई गर्दै सप्तरी जिल्ला अदालतले २०७५ असार ३ गते सबै आरोपितलाई जनही १३ वर्ष कैद सजायको फैसला सुनाएको थियो । घटनामा संलग्न एक जना यसअघि नै पक्राउ परिसकेका छन् भने दुई जना अझै फरार रहेको र खोजि कार्य जारि रहेको प्रहरीले जनाएको छ ।
बालिकाको सामूहिक बलात्कारमा संलग्न एक फरार अभियुक्त १३ वर्षपछि पक्राउ
सारांश
- विशेष सूचनाको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले १० वर्षिय बालिका बलात्कार गरि फरार रहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ निवासी ओमप्रकाश मुखियालाई घरमै लुकीबसेको अवस्थामा पक्राउ गरेको हो ।
- सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएका उनलाई आदेशानुसार कैद भुक्तानका लागि शुक्रबार राजविराज कारागार चलान गरिएको छ ।
- २०६४ साल असोज ९ गते २ बजेतिर सोही गाउँपालिकाकी १० वर्षिय बालिका गाईबस्तु चराउन घरबाहिर निस्केको मौकाछोपी मुखियासहितको चारजनाको समूहले बाँसघारीमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया