दैनिक समाचारदाता
राजविराज, ४ असार ।
सप्तरी प्रहरीले १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले १० वर्षिय बालिका बलात्कार गरि फरार रहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ निवासी ओमप्रकाश मुखियालाई घरमै लुकीबसेको अवस्थामा पक्राउ गरेको हो । सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएका उनलाई आदेशानुसार कैद भुक्तानका लागि शुक्रबार राजविराज कारागार चलान गरिएको छ ।
२०६४ साल असोज ९ गते २ बजेतिर सोही गाउँपालिकाकी १० वर्षिय बालिका गाईबस्तु चराउन घरबाहिर निस्केको मौकाछोपी मुखियासहितको चारजनाको समूहले बाँसघारीमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । घटना लगत्तै बलात्कारमा संलग्न सबै फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्त एवं डिएसपी माधवप्रसाद काफ्लेका अनुसार उक्त मुद्दा उपर सुनुवाई गर्दै सप्तरी जिल्ला अदालतले २०७५ असार ३ गते सबै आरोपितलाई जनही १३ वर्ष कैद सजायको फैसला सुनाएको थियो । घटनामा संलग्न एक जना यसअघि नै पक्राउ परिसकेका छन् भने दुई जना अझै फरार रहेको र खोजि कार्य जारि रहेको प्रहरीले जनाएको छ ।
बालिकाको सामूहिक बलात्कारमा संलग्न एक फरार अभियुक्त १३ वर्षपछि पक्राउ
सारांश
- विशेष सूचनाको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले १० वर्षिय बालिका बलात्कार गरि फरार रहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ निवासी ओमप्रकाश मुखियालाई घरमै लुकीबसेको अवस्थामा पक्राउ गरेको हो ।
- सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएका उनलाई आदेशानुसार कैद भुक्तानका लागि शुक्रबार राजविराज कारागार चलान गरिएको छ ।
- २०६४ साल असोज ९ गते २ बजेतिर सोही गाउँपालिकाकी १० वर्षिय बालिका गाईबस्तु चराउन घरबाहिर निस्केको मौकाछोपी मुखियासहितको चारजनाको समूहले बाँसघारीमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया