दैनिक समाचारदाता
राजविराज, २८ असोज ।
६५ औं प्रहरी दिवसको अवसरमा बुधबार बृक्षारोपन तथा विभिन्न धार्मिक स्थलहरुको सरसफाई गरिएको छ ।
सार्वजनिक स्थलमा बृक्षारोपन तथा राजविराजस्थित विभिन्न मठ मन्दिरमा सरसफाई गर्दै २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजले प्रहरी दिवस मनाएको हो ।
कोरोनाको जोखिम कायमै रहेकोले भिडभाड नहुने गरी बृक्षारोपन तथा मठ मन्दिरको सरसफाई कार्यक्रम रोजेको तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरिक्षक हरिराज वाग्लेले बताए ।
चाडपर्वको समय नजिकिएकै बेला मन्दिरहरुमा भिडभाड लाग्ने भएकोले बृक्षारोपन सँगसँगै धार्मिक स्थलहरुको सरसफाई गर्ने कार्यक्रम तय गरिएको र यो कार्यक्रम तीन दिनसम्म संचालन हुने तालिम केन्द्रका प्रहरी नायब उपरिक्षक खगेन्द्र खडगाले जानकारी दिए ।
बृक्षारोपन तथा सरसफाई कार्यक्रम प्रभावकारी ढंगले संचालन गर्न झण्डै ५ दर्जन जनशक्ति परिचालन गरिएको २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजले जनाएको छ ।
प्रहरी दिवसमा बृक्षारोपन तथा धार्मिक स्थलको सरसफाई
सारांश
- सार्वजनिक स्थलमा बृक्षारोपन तथा राजविराजस्थित विभिन्न मठ मन्दिरमा सरसफाई गर्दै २ नं.
- प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजले प्रहरी दिवस मनाएको हो ।
- कोरोनाको जोखिम कायमै रहेकोले भिडभाड नहुने गरी बृक्षारोपन तथा मठ मन्दिरको सरसफाई कार्यक्रम रोजेको तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरिक्षक हरिराज वाग्लेले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया