गर्मीले जनजीवन अस्तव्यस्त, पंखा चलाउँदा पनि तातो हावा

राजविराज राजविराज
|
बिहिबार, जेठ १८, २०८०
|
|
४९ पटक हेरिएको
Shares
गर्मीले जनजीवन अस्तव्यस्त, पंखा चलाउँदा पनि तातो हावा

सारांश

  •     जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको छ ।
  •       बेला–बेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन ।
  • पानी परेर मौसम उघ्रिनासाथ गर्मी बढ्न थालेको छ ।

दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।

    केहि दिन यता बिहानैदेखी टन्टलापुर घामसंगै बढेको अत्यधिक गर्मीका कारण जनजीवन कष्टकर बनेको छ । बिहानै ३० डिग्रि तापक्रम हुँदै दिउँसोसम्म ४१ डिग्री सम्म तापक्रम पुग्न थालेपछी जनजीवन अस्तव्यस्त बन्न पुगेको हो । 
    जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको छ । 
    बेला–बेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ गर्मी बढ्न थालेको छ । चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् ।
    गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् ।
    केही दिन यता प्रचण्ड गर्मी र पानी नपर्दा घाउ, खटिरा, आँउमासी, टाईफाईड, ज्वरो, झाडा पाखाला लगायतका रोगका विरामीको चाप बढदै गएको गजेन्द्र नारायण सिह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश साहले बताए । उनले गर्मीको असरले स्वास्थ्यमा धेरै प्रकारको प्रभाव पार्ने भएकाले आवश्यक सावधानी अपनाउदै बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानीलगायतका तरल पर्दाथको सेवनलाई बढाउनुका साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन सर्वसाधारणलाई सुझाव समेत दिए ।
    चर्काे घाम लाग्ने अनि हावा भने फिटिकै नचल्ने गरेका कारणले गर्मीबाट जोगिन घर बाहिर कमै निस्कने गरेको राजविराज ४ का होटल व्यवसायी शम्भु साहले बताए । उनले भने, घरमा वस्दा पनि गर्मीबाट खासै जोगिन सकिएको छैन । पंखाको हावाले काम गरिरहेको छैन । राती अलि शितल हुनु पर्ने हो, त्यो पनि छैन । गर्मी छल्न पंंखा चलाउदा पनि तातो हावा फाल्ने गरेकाले सुत्न पनि निकै गाह्रो हुने गरेको छ ।
    यता गर्मी बढेसँगै बजारमा हरेक वर्ष चिसो पेयपदार्थको माग ह्वात्तै बढ्छ र यो वर्ष झनै त्यसको मात्रा बढेको छ । अहिले गर्मी बढेसँगै चिसो पेय पदार्थको बिक्री बढेको छ । अहिले बजारमा उखुको जुस, सर्वत, बरफ, कुल्फी, आइसक्रिमको व्यापार पनि एकाएक बढेको छ । 
    समयमा मनसुन सूरु नहँुदा गर्मी अत्यधिक बढेको तथा केही दिन अझै यस्तो अवस्था रहने मौसमविदहरुको भनाइ छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडा कार्यालयको उदघाटन, जेष्ठ नागरिक, एकल महिलालाई सम्मान 
वडा कार्यालयको उदघाटन, जेष्ठ नागरिक, एकल महिलालाई सम्मान 
“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 
“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 
नेपालको हितमा हुने गरि एमसीसी पारित गर्नुपर्छ ः अध्यक्ष साह
नेपालको हितमा हुने गरि एमसीसी पारित गर्नुपर्छ ः अध्यक्ष साह
प्रजिअद्वारा जिल्लाका मुख्य चुनौती, समस्या र समाधान बारे छलफल 
प्रजिअद्वारा जिल्लाका मुख्य चुनौती, समस्या र समाधान बारे छलफल 
रंजितपुर तथा बोदेबरसाईन सेमिफाईनलमा प्रवेश 
रंजितपुर तथा बोदेबरसाईन सेमिफाईनलमा प्रवेश 
सप्तरीमा कोरोना संक्रमितको संख्या १५ पुग्यो, एकै दिन ११ जना संक्रमित
सप्तरीमा कोरोना संक्रमितको संख्या १५ पुग्यो, एकै दिन ११ जना संक्रमित
पूर्वप्रधान सेनापति कटवालले सुरु गरे ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ 
पूर्वप्रधान सेनापति कटवालले सुरु गरे ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ 
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
बाढीग्रस्त क्षेत्रमा एकैदिन तिन बाढीपीडित सर्पदंशबाट घाईते
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य