दैनिक समाचारदाता
राजविराज, १५ असार ।
मानव अधिकार निगरानी समूहले आफ्नो बैठक खर्चको रकम एक विपन्न महिलालाई उपचारका लागि प्रदान गरेको छ ।
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार निगरानी समूहको बैठकको चियानास्ता खर्च वापत जम्मा भएको पाँच हजार रुपियाँ राजविराज ९ मलेठकी सियावती मेहतालाई उनकै घर पुगेर समूहले प्रदान गरेको हो ।
इन्सेक प्रतिनिधी मनोहर पोखरेल र समूहका सहस्यहरुका साथ पुगेका निगरानी समूहका अध्यक्ष रघुबर साहले उक्त रकम हस्तान्तरण गरे । मानव अधिकारको मुल्य र मान्यतालाई स्थापित गराउने उद्देश्यद्वारा इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको कार्यक्रम फोकल पर्सन बरुण बस्यालले व्यक्तिगत रुपमा पाँच सय रुपियाँ प्रदान गरे ।
उपचार खर्चको अभावमा घरमै बसेकी आँखा रोगी मेहताले प्राप्त रकमले विराटनगर गई उपचार गराउने बताइन् । आँखा अस्पताल लहानले विराटनगर जान सल्लाह दिएको र मृगौलामा समेत समस्या देखिएको उनले जानकारी दिइन् । उनका श्रीमान निगरानी समूहका सदस्य एवम् पत्रकार उपेन्द्रनारायण मेहताको गत वैशाख १३ गते मृत्यु भएको थियो ।
बैठक खर्च विपन्न महिलाको उपचारमा सहयोग
सारांश
- शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार निगरानी समूहको बैठकको चियानास्ता खर्च वापत जम्मा भएको पाँच हजार रुपियाँ राजविराज ९ मलेठकी सियावती मेहतालाई उनकै घर पुगेर समूहले प्रदान गरेको हो ।
- इन्सेक प्रतिनिधी मनोहर पोखरेल र समूहका सहस्यहरुका साथ पुगेका निगरानी समूहका अध्यक्ष रघुबर साहले उक्त रकम हस्तान्तरण गरे ।
- मानव अधिकारको मुल्य र मान्यतालाई स्थापित गराउने उद्देश्यद्वारा इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको कार्यक्रम फोकल पर्सन बरुण बस्यालले व्यक्तिगत रुपमा पाँच सय रुपियाँ प्रदान गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया