अपाङ्गता भएका व्यक्तिहरुलाई राहत सामाग्रि वितरण

राजविराज राजविराज
|
आइतबार, मंसिर २३, २०७५
|
|
५२ पटक हेरिएको
Shares
अपाङ्गता भएका व्यक्तिहरुलाई राहत सामाग्रि वितरण

सारांश

  •     सप्तरीको महदेवा गाउपालिका १ सोनरा गाउका अपांगता भएका व्यक्तिहरुलाई सहयोग स्वरुप सो सामाग्री वितरण गरेको हो ।
  •     गाउँका ५ जना महिलालाई  र ५ जना पुरुष गरि १० जनालाई संस्थाले थाल, ग्लास, बेडसिट, धोती (पुरुषलाई) र साडी (महिलालाई) वितरण गरेको क्लवका अध्यक्ष एबं समाजसेवी ई.
  • सूर्य नारायण यादवले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २३ मंसिर । 
    धर्मी हल्फा महिला विकास क्लव सप्तरीले ३२७ औं अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरममा आइतबार अपांगता भएका व्यक्तिहरुलाई राहत सामाग्रि वितरण गरेको छ । 
    सप्तरीको महदेवा गाउपालिका १ सोनरा गाउका अपांगता भएका व्यक्तिहरुलाई सहयोग स्वरुप सो सामाग्री वितरण गरेको हो ।
    गाउँका ५ जना महिलालाई  र ५ जना पुरुष गरि १० जनालाई संस्थाले थाल, ग्लास, बेडसिट, धोती (पुरुषलाई) र साडी (महिलालाई) वितरण गरेको क्लवका अध्यक्ष एबं समाजसेवी ई. सूर्य नारायण यादवले जानकारी दिएका छन् । 
    सोही अवसरमा अध्यक्ष यादवले अपांगता भएका व्यक्तिहरुलाई आमाबुबा, परिवार, समाज र स्थानिय सरकारले बिशेष ध्यान दिनु पर्ने अनुरोध समेत गरे । 
    स्थानीय सोनरा राष्ट्रिय प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समितको अध्यक्ष बासुदेव यादवको अध्यक्षता र महदेवा गाउपालिकाको अध्यक्ष दिपक कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बिशिष्ट अतिथि सगरमाथा अपांग कल्याण संघ सप्तरीका सचिव बीरेन्द चौधरी, वडा अध्यक्ष जयश्वर दास, वडा सदस्य कमला देवी यादव, प्रहरी चोकी पकरीको प्रहरी सहायक निरीक्षक बिष्णु रोका, सेवा निवृत प्रहरी नायव उपरीक्षक उपेन्द्र प्रसाद मंडल, प्रेस काउन्सिलको पुर्व सदस्य देवराम यादव, सुकदेव यादव र प्रधानाध्यापक वसन्त कुमार चौधरीले अपांगता भएका व्यक्तिहरुको हकहित र अधिकारको लागि सम्बन्धित सबै सरोकारवालाहरुले सार्थक प्रयास र पहल गर्नु पर्ने विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जातिय विभेद तथा छुवाछुत गर्नेहरुमाथी कारवाहीको माग
जातिय विभेद तथा छुवाछुत गर्नेहरुमाथी कारवाहीको माग
एक सातादेखी वेपत्ता महिला फेला परे
एक सातादेखी वेपत्ता महिला फेला परे
विद्यालयसम्म पहुँच पु¥याउने उद्देश्यले पाँच  सय बालबालिकालाई शैक्षिक सामग्री
विद्यालयसम्म पहुँच पु¥याउने उद्देश्यले पाँच  सय बालबालिकालाई शैक्षिक सामग्री
२५ रुपैया जरिवाना गरिएका देखी १२ वर्ष कैद सजाय तोकिएका दुई  दर्जन फरार प्रतिवादी पक्राउ
२५ रुपैया जरिवाना गरिएका देखी १२ वर्ष कैद सजाय तोकिएका दुई  दर्जन फरार प्रतिवादी पक्राउ
पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
अत्याधिक बढेको चिसोका कारण पाँच स्थानियतहको सामुदायिक बिद्यालय बन्द 
अत्याधिक बढेको चिसोका कारण पाँच स्थानियतहको सामुदायिक बिद्यालय बन्द 
चार दिनदेखी १३ वर्षिया बालिका वेपत्ता,  कुवेतमा रहेकी आमाद्वारा छोरी पत्ता लगाइदिन आग्रह
चार दिनदेखी १३ वर्षिया बालिका वेपत्ता,  कुवेतमा रहेकी आमाद्वारा छोरी पत्ता लगाइदिन आग्रह
३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ
३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ
गैससको दोस्रो जिल्ला नागरिक  सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न
गैससको दोस्रो जिल्ला नागरिक  सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न
लापरवाही गर्ने ठेकेदारलाई कारवाही तथा निर्माण कार्यलाई गति प्रदान गर्न माग
लापरवाही गर्ने ठेकेदारलाई कारवाही तथा निर्माण कार्यलाई गति प्रदान गर्न माग