पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह

राजविराज राजविराज
|
मंगलबार, बैशाख १५, २०८३
|
|
७८ पटक हेरिएको
Shares
पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह

सारांश

  •     सरकारको उक्त निर्णय फिर्ताको माग गर्दै नेपाल पत्रकार महासंघको सरकार विरुद्ध देशव्यापी अभियान अन्तर्गत मंगलबार स्थानीय सरकार प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै महासंघले यस्तो आग्रह गरेको हो ।
  •     नेपाल सरकारले सरकारी विज्ञापन सरकारी मिडियामा मात्रै प्रकाशन गर्न २०८२ चैत १८ गते गरेको परिपत्र मान्य नहुने भन्दै पत्रकार महासंघले देशव्यापी रुपमा सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
  •       सरकार विरुद्धको देशव्यापी अभियान अन्तर्गत जिल्ला समन्वय समितिमार्फत सप्तरीका १८ वटै नगरपालिका र गाउँपालिकालाई ज्ञापनपत्र बुझाउँदै महासंघले केन्द्र सरकारको निर्णय अवज्ञा गर्न जोडदार माग गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, १५ बैशाख । 

    नेपाल पत्रकार महासंघ सप्तरीले तीनै तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारी परिपत्र अवज्ञा गर्न आग्रह गरेको छ । 
    सरकारको उक्त निर्णय फिर्ताको माग गर्दै नेपाल पत्रकार महासंघको सरकार विरुद्ध देशव्यापी अभियान अन्तर्गत मंगलबार स्थानीय सरकार प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै महासंघले यस्तो आग्रह गरेको हो ।
    नेपाल सरकारले सरकारी विज्ञापन सरकारी मिडियामा मात्रै प्रकाशन गर्न २०८२ चैत १८ गते गरेको परिपत्र मान्य नहुने भन्दै पत्रकार महासंघले देशव्यापी रुपमा सरकारलाई ज्ञापनपत्र बुझाएको छ । 
    सरकार विरुद्धको देशव्यापी अभियान अन्तर्गत जिल्ला समन्वय समितिमार्फत सप्तरीका १८ वटै नगरपालिका र गाउँपालिकालाई ज्ञापनपत्र बुझाउँदै महासंघले केन्द्र सरकारको निर्णय अवज्ञा गर्न जोडदार माग गरेको छ । 
    नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव नेतृत्वमा पुगेको सप्तरीका पत्रकारहरुले जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहलाई ज्ञापनपत्र बुझाउँदै सप्तरीका १८ वटै स्थानीय तहलाई स्थानीय स्तरबाट प्रकाशित मिडियाहरुलाई मात्र विज्ञापन दिन आग्रह गरिएको छ ।
    संघीय सरकारको यस्तो परिपत्रले अहोरात्र खटिने संचारकर्मीहरु पीडामा परेको बताइएको ज्ञापनपत्रमा पत्रकारिता गर्दा विज्ञापन भरमा बाँच्ने पत्रकारहरुलाई आर्थिक नाकाबन्दी गर्ने हिसाबले संघीय सरकारले यस्तो परिपत्र गर्दा सम्पूर्ण पत्रकार जगत स्तब्ध भएको र यसले प्रेस स्वतन्त्रको ठाडो उल्लंघन गरेको ठहर गरिएको ज्ञापनपत्रमा उल्लेख छ । 
    लोकतन्त्र प्राप्तिदेखि हरेक अधिकार प्राप्तिको आन्दोलनमा सप्तरीका पत्रकारहरु अग्रपंक्तिमा रहेर रिपोर्टिङ गर्दै आएको स्मरण गराइएको ज्ञापनपत्रमा पालिकाको हरेक गतिविधिसहित विकासीय मामिलामा समेत पत्रकारहरु नियमित रिपोर्टिङ गर्दै आएको भन्दै लोकतन्त्रको रक्षाका लागि मिडियालाई सुरक्षित राख्नु पर्नेमा जोड दिइएको छ । 
    पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै ज्ञापनपत्रमा लोकतन्त्र कमजोर हुँदा हामी सबै धरासायी हुन्छौं भन्दै सचेत समेत गराइएको छ । तपाईहरु स्थानीय सरकारको प्रमुख हुनुहुन्छ र संघीय सरकारले दिएको पिडामा मलम लगाउने काम तपाइँहरुबाट सम्भव भएको उल्लेख गर्दै ज्ञापनपत्रमा याहाँहरुको पालिकामा उत्पादन हुने सम्पूर्ण विज्ञापन सप्तरीकै मिडियालाई उपलब्ध गराउन हार्दिक अनुरोध समेत गरिएको छ । 
    “सप्तरीको पत्रकार र पत्रकारिता जोगाउन यहाँहरु गम्भीर भएर यसमा चासो दिनुहुन्छ भन्ने अपेक्षा हामीले राखेका छौँ” महासंघले स्थानीय सरकारलाई बुझाएको ज्ञापनपत्रमा विश्वास गरिएको छ ।
    जिल्ला समन्वय समिति सप्तरीका प्रमुख साहले पत्रकारहरुले राखेको माग जायज भएको बताउँदै पत्रकार महासंघले बुझाएको ज्ञापनपत्र तुरुन्तै पालिका पठाएर उठेको माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
गणतन्त्र दिवसमा भएनन् कोही कैदी मुक्त 
गणतन्त्र दिवसमा भएनन् कोही कैदी मुक्त 
जसपासँग एकताकै लागि कार्यगत एकता ः अध्यक्ष महतो
जसपासँग एकताकै लागि कार्यगत एकता ः अध्यक्ष महतो
मोटरसाइकलको ठक्करबाट  बाछीको मृत्यु, चालक घाइते
मोटरसाइकलको ठक्करबाट  बाछीको मृत्यु, चालक घाइते
प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश २ महिला क्रिकेट टोलीको बिदाई
प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश २ महिला क्रिकेट टोलीको बिदाई
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ६ जना घाइते 
छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ६ जना घाइते 
बसले अटोलाई र ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चालकसहित तीन घाइते
बसले अटोलाई र ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चालकसहित तीन घाइते