जसपासँग एकताकै लागि कार्यगत एकता ः अध्यक्ष महतो

राजविराज राजविराज
|
बिहिबार, भाद्र १९, २०८२
|
|
४१ पटक हेरिएको
Shares
जसपासँग एकताकै लागि कार्यगत एकता ः अध्यक्ष महतो

सारांश

  •     बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि उनले यस्तो बताएका हुन् ।
  • मुक्तिको आन्दोलन निष्कर्षमा पु¥याउन एकिकृत भएर शसक्त ढंगले अघि बढ्न कार्यगत एकता गरिएको अध्यक्ष महतोले स्पष्ट पार्दै निकट भविष्यमै जसपासँग एकता हुने जानकारी पनि दिए ।
  •       मधेशी, आदिवासी, जनजाती, दलित लगायत सम्पूर्ण उत्पीडित वर्गको अधिकार र पहिचान स्थापनाका लागि एकिकृत भएर आन्दोलनमा उत्रनुको विकल्प नरहेको बताउँदै उनले संघिय लोकतान्त्रिक मोर्चा पनि यही उद्देश्य प्राप्तिका लागि गठन भएको स्पष्ट पारे ।

दैनिक समाचारदाता
राजविराज, १९ भदौ । 

    राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसित एकता कै लागि कार्यगत एकता सुरु गरिएको बताएका छन् । 
    बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि उनले यस्तो बताएका हुन् । मुक्तिको आन्दोलन निष्कर्षमा पु¥याउन एकिकृत भएर शसक्त ढंगले अघि बढ्न कार्यगत एकता गरिएको अध्यक्ष महतोले स्पष्ट पार्दै निकट भविष्यमै जसपासँग एकता हुने जानकारी पनि दिए । 
    मधेशी, आदिवासी, जनजाती, दलित लगायत सम्पूर्ण उत्पीडित वर्गको अधिकार र पहिचान स्थापनाका लागि एकिकृत भएर आन्दोलनमा उत्रनुको विकल्प नरहेको बताउँदै उनले संघिय लोकतान्त्रिक मोर्चा पनि यही उद्देश्य प्राप्तिका लागि गठन भएको स्पष्ट पारे ।
    जनमत पार्टी मोर्चाबाट अलग हुनु भन्दा पनी मोर्चाबाट भागेको उनको टिप्पणी थियो । शाषक वर्गलाई नै मजबुत तुल्याउने षडयन्त्र र कसैको इशारामा लागेर जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रुपन्देही ३ मा हुने उपनिर्वाचन छुट्टै उम्मेदवारी दिन लागेको स्पष्ट पारे । 
    डा. राउत कसको इसारामा चलेको हो भन्ने सन्दर्भमा राखिएको जिज्ञासाको जवाफमा उनले केही समय पर्खन तथा समय आएपछी सबै ुकरा आफै खुल्ने बताए । 
    “मधेशी अनुहारले मात्र मधेशको हिमायती हुँदैन, उनले भने –डा. राउतको गतिविधीले पनि यस्तै आशंका उब्जाएको छ, बाँकी कुरा आगामी दिनहरुमा प्रष्ट हुँदै जाने छ ।”
    पत्रकार सम्मेलनमा पार्टीका महासचिव केशव झा, सन्तोष मेहता, सहमहासचिव गजेन्द्र कुमार मण्डल, जिल्ला अध्यक्ष दिपेन्द्र चौधरी लगायतको पनि उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसको तीन क्षेत्रमा संस्थापन पक्षका सभापति
काँग्रेसको तीन क्षेत्रमा संस्थापन पक्षका सभापति
महोत्सवको अनुमति खारेजीको माग गर्दै प्रदर्शन
महोत्सवको अनुमति खारेजीको माग गर्दै प्रदर्शन
पहिलो सप्तरी महिला प्रिमियर लिगको उपाधि सुरुङ्गाले जित्यो    
पहिलो सप्तरी महिला प्रिमियर लिगको उपाधि सुरुङ्गाले जित्यो    
संविधानमा उल्लेख भएपनि हरवा चरवाको  पुर्नस्थापना कार्यान्वयन नभएको भन्दै प्रदर्शन
संविधानमा उल्लेख भएपनि हरवा चरवाको  पुर्नस्थापना कार्यान्वयन नभएको भन्दै प्रदर्शन
प्रअ नियुक्तिमा धाँधली भएको आरोप, छानविनको माग
दोश्रो मेयर कप सप्तरी प्रिमियर लिग सुरु, उद्घाटन खेलमा गत वर्षको बिजेता खड्क बोदेबर्साइन थन्डर्सद्वारा पराजित
संबैधानिक राजतन्त्रसहितको व्यवस्थाबाट  नै मुलुकको हीत हुने ः किशोरी महतो
संबैधानिक राजतन्त्रसहितको व्यवस्थाबाट  नै मुलुकको हीत हुने ः किशोरी महतो
गौशाला धर्मशालाको विवाद सम्बन्धमा मारवाडी समुदायद्वारा सप्तरीमा प्रर्दशनसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र
गौशाला धर्मशालाको विवाद सम्बन्धमा मारवाडी समुदायद्वारा सप्तरीमा प्रर्दशनसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र
समाजसेवी जवाहरले राहत बितरण कार्यलाई निरन्तरता दिँदै 
समाजसेवी जवाहरले राहत बितरण कार्यलाई निरन्तरता दिँदै 
सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु