चोरी गर्ने छोरा र सामान लुकाउने आमा पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक १, २०७६
|
|
७६ पटक हेरिएको
Shares
चोरी गर्ने छोरा र सामान लुकाउने आमा पक्राउ

सारांश

  •     राजविराज नगर क्षेत्र भित्र आधा दर्जन वढी स्थानमा चोरी गर्ने एक नाबालकले चोरीको सामान लुकाउन सघाउने उनको आमालाई प्रहरीले पक्राउ गरेपछि सो कर्तुतको खुलासा भएको हो ।
  •       चोरीको सामानसहित महदेवा गाउँपालिका १ घर भई हाल राजविराज नगरपालिका ८ मा भाडाको कोठा लिई बस्दै आएका १६ वर्षिय नाबालक र उनकी ४० वर्षिया आमा सरितादेवी सरदारलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
  •       बजार क्षेत्रमा चोरी गर्ने उद्देश्यले नै भाडाको कोठा लिई आमा छोरा बस्दै आएको तथा छोराले चोरी गरि ल्याएका सामानलाई आमाले लुकाएर सघाउने गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्ष तिलक भारतीले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३० असोज ।
    आफ्नो छोराछोरीलाई चोरी नगर्न बारे आमाबुबाले सिकाउने ज्ञान सर्वविदितै छ । तर, सप्तरीमा भने एउटी आमाले छोराले गर्ने गरेको चोरी कार्यलाई प्रोत्साहन दिँदै चोरी गरि ल्याइएको विभिन्न सामानहरुलाई सुरक्षित स्थानसम्म पु¥याउने कार्यमा सहयोग गरेको खुलासा भएको छ । 
    राजविराज नगर क्षेत्र भित्र आधा दर्जन वढी स्थानमा चोरी गर्ने एक नाबालकले चोरीको सामान लुकाउन सघाउने उनको आमालाई प्रहरीले पक्राउ गरेपछि सो कर्तुतको खुलासा भएको हो । 
    चोरीको सामानसहित महदेवा गाउँपालिका १ घर भई हाल राजविराज नगरपालिका ८ मा भाडाको कोठा लिई बस्दै आएका १६ वर्षिय नाबालक र उनकी ४० वर्षिया आमा सरितादेवी सरदारलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । 
    बजार क्षेत्रमा चोरी गर्ने उद्देश्यले नै भाडाको कोठा लिई आमा छोरा बस्दै आएको तथा छोराले चोरी गरि ल्याएका सामानलाई आमाले लुकाएर सघाउने गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्ष तिलक भारतीले जानकारी दिएका छन् ।
    आमा छोरा बस्ने डेराबाटै प्रहरीले जिल्लाका विभिन्न आठ स्थानबाट चोरी गरि लुकाई राखिएको अवस्थामा मोबाइल दुई थान, मेमोरी दुई थान, हेडफोन दुई थान, चार्जर पाँच थान, ताला खोल्न प्रयोग गरिने चाबी (साँचो) को झुप्पा तथा फाईटर र टेस्टर लगायतका सामाग्रि बरामद गरेको छ । 
    यसैबीच एक घरामा चोरी गर्न गएको बेला सुरक्षाका लागि जडान गरिएको सिसि क्यामरामा चोरी गर्दै गरेको अवस्थाको फुटेज कैद भएपछि त्यसको सुक्ष्म अनुसन्धान गर्दै जाँदा चोरीका सामानसहित ती नाबालक पक्राउ परेको प्रहरी प्रवक्ता समेत रहेका डिएसपी भारतीले बताए ।
    यता पक्राउ परेका आमा छोरा दुबैलाई जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थपी प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्र पर्व छठको तयारी सुरु
राष्ट्र पर्व छठको तयारी सुरु
कुहिएको बदाम ड्रिङ्स फेला 
कुहिएको बदाम ड्रिङ्स फेला 
यति तपाईं बियर पिउँदै हुनुहुन्छ भने सचेत रहनुहोस् !
यति तपाईं बियर पिउँदै हुनुहुन्छ भने सचेत रहनुहोस् !
फुकुवापत्र दिएर पुन: ऋण वापतको ब्याज र  जरिवाना लिने सनराइज बैंकको ठगि धन्दा  
फुकुवापत्र दिएर पुन: ऋण वापतको ब्याज र  जरिवाना लिने सनराइज बैंकको ठगि धन्दा  
पुस १ देखी ५ सम्म विद्युत महसुल काउन्टर बन्द रहने
पुस १ देखी ५ सम्म विद्युत महसुल काउन्टर बन्द रहने
दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी 
बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी 
कोशी ब्यारेज पुलबाट ठूलो परिमाणमा फोहर सफा गरेर आवागमन सूचारु
कोशी ब्यारेज पुलबाट ठूलो परिमाणमा फोहर सफा गरेर आवागमन सूचारु
आगोले जलेर मृत्यु भएकी खंगका  परिवारलाई आर्थिक सहयोग
आगोले जलेर मृत्यु भएकी खंगका  परिवारलाई आर्थिक सहयोग
हजारौंको सहभागितामा राजविराजमा रथयात्रा
हजारौंको सहभागितामा राजविराजमा रथयात्रा

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु