बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी 

राजविराज राजविराज
|
आइतबार, बैशाख ३०, २०८१
|
|
५९ पटक हेरिएको
Shares
बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी 

सारांश

  •     शनिबार साँझ चितवनबाट पक्राउ गरि राजविराज ल्याइएका पूर्व सशस्त्र प्रहरी जवान समेत रहेका सप्तकोशी नगरपालिका ५ निवासी ३२ वर्षिय चन्द्र बहादुर सुवेदीलाई प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो ।
  •       डेढ वर्ष अघि सशस्त्र प्रहरी जवानबाट जागिर गुमाएका सुवेदीले आर्थिक संकट तथा ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना बनाएको प्रहरीले जनाएको छ ।
  • प्रहरीले हत्यामा प्रयोग गरिएको खुकुरी, बैंकको पर्खाल नाघ्न सिढिको रुपमा प्रयोग गरिएको फलामे पाइप, ताल्चा फुटाउन प्रयोग गरिने विभिन्न उपकरण, नकाव, लुगा, जुत्ता र झोला पनि बरामद गरी सार्वजनिक गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, ३० बैशाख । 

    सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षागार्डको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । 
    शनिबार साँझ चितवनबाट पक्राउ गरि राजविराज ल्याइएका पूर्व सशस्त्र प्रहरी जवान समेत रहेका सप्तकोशी नगरपालिका ५ निवासी ३२ वर्षिय चन्द्र बहादुर सुवेदीलाई प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो । 
    डेढ वर्ष अघि सशस्त्र प्रहरी जवानबाट जागिर गुमाएका सुवेदीले आर्थिक संकट तथा ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना बनाएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा प्रयोग गरिएको खुकुरी, बैंकको पर्खाल नाघ्न सिढिको रुपमा प्रयोग गरिएको फलामे पाइप, ताल्चा फुटाउन प्रयोग गरिने विभिन्न उपकरण, नकाव, लुगा, जुत्ता र झोला पनि बरामद गरी सार्वजनिक गरेको छ । 
    पक्राउ परेका सुवेदीले बैंक लुटपाट गर्ने प्रयासमा सुरक्षागार्ड फुयालले अवरोध गर्न खोज्दा खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिएका छन् । 
    फुयालको हत्या भएको दिन बैशाख २७ गते सुवेदी राती १२ बजेतिर फलामे सिढि, पाइप, खुकुरी, ताला फोड्ने उपकरण लगायतका सरसमान बोकेर बैंक पुगेको प्रहरीको अनुसन्धानले देखाएको छ । फलामे पाइप जोडेर सिढि बनाई पर्खाल नाघेर बैंक भित्र प्रवेश गरेपछि नकाब लगाएका उनको सुरक्षागार्डसँग घम्साघम्सी भएको बैंकको सिसि टिभि फुटेजमा पनि देखिएको भन्दै प्रहरीले सोही क्रममा सुवेदीले सुरक्षागार्ड फुयालको शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेर हत्या गरेको अनुसन्धानमा खुलेको छ । 
    सो घम्साघम्सी पश्चात् सुरक्षागार्ड फुयालको हत्या र त्यस पश्चात् लकर भएको कोठाको ताल्चा फुटाउन धेरै समय लाग्ने र बिहान हुन लागेको तथा कर्मचारीहरु आउन सक्ने अनुमान गर्दै सुवेदी त्यहाबाट भागेको प्रहरीको भनाई छ । 
    प्रहरी उपरिक्षक बज्राचार्यले बैंकमा लगाइएको सिसि टिभि फुटेज, घटनास्थलमा तालिम प्राप्त कुकुरले दिएको संकेत तथा स्थानीयवासीको सहयोगले घटनाको दुई दिनमै दोषिलाई पक्राउ गर्न सफल भएको बताए । पक्राउ परेका सुवेदीलाई आइतबारै सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जवाफी कारवाही “इन्काउन्टर” मा चौधरी मारिए, सप्तरी प्रहरी र प्रदेश प्रहरीको विज्ञप्ति नै शंकाको घेरामा
जवाफी कारवाही “इन्काउन्टर” मा चौधरी मारिए, सप्तरी प्रहरी र प्रदेश प्रहरीको विज्ञप्ति नै शंकाको घेरामा
कोशी पीडितलाई मुआब्जा दिने सम्झौता कार्यान्वय गर्न  माओवादी केन्द्रको माग
कोशी पीडितलाई मुआब्जा दिने सम्झौता कार्यान्वय गर्न  माओवादी केन्द्रको माग
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
काँग्रेस सप्तरीमा सभापति बाहेक ६ वटै पदाधिकारी संस्थापन पक्षका निर्वाचित
काँग्रेस सप्तरीमा सभापति बाहेक ६ वटै पदाधिकारी संस्थापन पक्षका निर्वाचित
सीमानाका अबिलम्ब खुलाउन प्रदेश  मन्त्री साहको सरकारसँग माग 
सीमानाका अबिलम्ब खुलाउन प्रदेश  मन्त्री साहको सरकारसँग माग 
मैथिली लोक कथाहरुको संग्रह पुस्तक बिमोचित  
मैथिली लोक कथाहरुको संग्रह पुस्तक बिमोचित  
भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै
भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै
सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस,  एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट 
सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस,  एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट 
राहतको नाममा ३ किलो चामल बितरण गरेपछि लकडाउनमै बिरोध जुलुस
राहतको नाममा ३ किलो चामल बितरण गरेपछि लकडाउनमै बिरोध जुलुस
सहकारीको भूमिकालाई अझ उकास्न आवश्यक
सहकारीको भूमिकालाई अझ उकास्न आवश्यक

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?