दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
सप्तरीको रुपनी गाउँपालिकाले किसानहरुका लागि ५० प्रतिशत अनुदानमा मोटरसहितको च्यापकटर मेशिन बिहीबार बितरण गरेको छ ।
गाउँपालिकाको कार्यालयमा बिहीबार गाउँपालिका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष बेचनीकुमारी सरदार, प्रमुख प्रशासकीय अधिकृत अरबिन्द कुमार चौधरीले ती मेशिन किसानहरुलाई बितरण गरेका हुन् ।
गाउँपालिकाको पशुपंक्षी विकास शाखाको बार्षिक कार्यक्रम अन्तर्गत कृषकहरुलाई ५० प्रतिशत अनुदानमा पहिलो चरणमा ५५ जना बितरण गरिएको पशुपंक्षी विकास शाखाका प्रमुख धनजित कुमार खडगाले जानकारी दिएका छन् ।
सो च्यापकटर मेशिनका लागि १ सय ४१ जना किसानको आवेदन परेकोमा पहिलो चरणमा ५५ जना व्यवसायिक किसानलाई च्याप कटर उपलब्ध गराएको उनले बताउँदै बाँकीलाई एक साताभित्रै उपलब्ध गराउने उनको भनाई छ ।
उनले किसानले पाएका मेसिनको सहयोगले व्यवसायिक रुपमा पशुपालन गरिरहेकाहरुलाई थप सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
अनुदानका च्यापकटर मेशिन बितरण
सारांश
- गाउँपालिकाको कार्यालयमा बिहीबार गाउँपालिका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष बेचनीकुमारी सरदार, प्रमुख प्रशासकीय अधिकृत अरबिन्द कुमार चौधरीले ती मेशिन किसानहरुलाई बितरण गरेका हुन् ।
- गाउँपालिकाको पशुपंक्षी विकास शाखाको बार्षिक कार्यक्रम अन्तर्गत कृषकहरुलाई ५० प्रतिशत अनुदानमा पहिलो चरणमा ५५ जना बितरण गरिएको पशुपंक्षी विकास शाखाका प्रमुख धनजित कुमार खडगाले जानकारी दिएका छन् ।
- सो च्यापकटर मेशिनका लागि १ सय ४१ जना किसानको आवेदन परेकोमा पहिलो चरणमा ५५ जना व्यवसायिक किसानलाई च्याप कटर उपलब्ध गराएको उनले बताउँदै बाँकीलाई एक साताभित्रै उपलब्ध गराउने उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया