न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह 

राजविराज राजविराज
|
शुक्रबार, पौष २, २०७८
|
|
१९७ पटक हेरिएको
Shares
न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह 

सारांश

  •     कोशी पीडित समाजको आयोजना तथा डब्लुएफपिएको सहयोगमा शुक्रबार बिपद पूर्व तयारी र अग्रिम कार्य वारेमा संवाद कार्यक्रममा सरोकारवालाहरू सँग सो कुरा बताएका हुन् ।
  •       सितलहरका कारण बर्षनी दर्जनौ मानिसहरूको मृत्यु हुने गरेकाले स्थानिय निकायले बिपन्न, गरिव घरधुरीलाई पहिचान गरि सिरक, कम्बल र दाउराको प्रबन्ध मिलाउन स्थानिय जनप्रतिनिधिलाई आग्रह पनि गरे ।
  •     बिपद जोखिम न्युनिकरणका लागि बैठकलाई निरन्तरता दिनु आबश्यक देखिएकोले यसका लागि तत्काल प्रतिकार्य गर्न संयन्त्रहरू सबल हुन जरुरी रहेको र सामाजिक संघसंस्थाको ¥यापिड रेस्पोन्स डेस्क खडा गर्न पर्ने उनले औल्याए ।

दैनिक समाचारदाता
राजविराज, २ पुस । 
    सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सितलहरको समयमा स्थानिय तहले न्यानो कपडा, दाउराको प्रबन्धका साथै समुदायमा सुचनाको पहुँच पु¥याए मानविय क्षति कम हुने बताएका छन् । 
    कोशी पीडित समाजको आयोजना तथा डब्लुएफपिएको सहयोगमा शुक्रबार बिपद पूर्व तयारी र अग्रिम कार्य वारेमा संवाद कार्यक्रममा सरोकारवालाहरू सँग सो कुरा बताएका हुन् । 
    सितलहरका कारण बर्षनी दर्जनौ मानिसहरूको मृत्यु हुने गरेकाले स्थानिय निकायले बिपन्न, गरिव घरधुरीलाई पहिचान गरि सिरक, कम्बल र दाउराको प्रबन्ध मिलाउन स्थानिय जनप्रतिनिधिलाई आग्रह पनि गरे ।
    बिपद जोखिम न्युनिकरणका लागि बैठकलाई निरन्तरता दिनु आबश्यक देखिएकोले यसका लागि तत्काल प्रतिकार्य गर्न संयन्त्रहरू सबल हुन जरुरी रहेको र सामाजिक संघसंस्थाको ¥यापिड रेस्पोन्स डेस्क खडा गर्न पर्ने उनले औल्याए । 
    प्रजिअ गौतमले भने, “संकटको बेला सूचना पाए मात्र राहत कहाँ कहाँ बितरण गर्ने थाहा हुन्छ, तर विपद्को अवस्था आउन नदिन तथा नियन्त्रण र जोखिमबाट कसरी बच्ने र उद्धार गर्ने भन्ने सहकार्य गर्न अति आवश्यक रहेको छ ।”
    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादब, तिलाठी कोईलाडी गाउपालिकाका अध्यक्ष सतिश कुमार सिँह, राजगढ गाउपालिका अध्यक्ष प्रमानन्द यादब, सप्तरीका प्रहरी प्रमुख अभिनारायण काफ्ले, स्वास्थ कार्यालयका प्रमुख दुनियालाल यादब, शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख बिजय मण्डल, रेडक्रसका अध्यक्ष जोगेन्द्र भगत, डब्लुएफपिएका नितेश श्रेष्ठ, प्रदेश २ का कृष्ण माझी, नेपाल पत्रकार महासंघका सहसचिव चन्दनकुमार यादब, पत्रकार परिष कर्ण लगायत स्थानिय तहका प्रतिनिधिहरू उपस्थिति रहेको थियो । 
    कोशी पीडित समाजले तिलाठी कोईलाडी, राजगढ गाउपालिका, हनुमाननगर कंकालनी नगरपालिका र छिन्नमस्ता गाउपालिका बिपद जोखिम न्युनिकरण सम्बन्धी प्रतिकार्य गर्दै आएको केभिएसका प्रविण यादबले जानकारी दिएका छन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाह्र वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ, ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ परे 
बाह्र वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ, ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ परे 
महिलाहरु तरकारी खेतीतर्फ आकर्षित 
महिलाहरु तरकारी खेतीतर्फ आकर्षित 
जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
विज्ञान विषयको शिक्षक अभावका कारण विद्यार्थीको पढाई प्रभावित
विज्ञान विषयको शिक्षक अभावका कारण विद्यार्थीको पढाई प्रभावित
वर्तमान युग मातृशक्तिको युग हो ः मन्त्री साह
वर्तमान युग मातृशक्तिको युग हो ः मन्त्री साह
पत्रकार महासंघका पूर्वसभापति यादवलाई मातृशोक
पत्रकार महासंघका पूर्वसभापति यादवलाई मातृशोक
शम्भुनाथ मन्दिरलाई सौन्दर्यकरण र व्यवस्थित गर्न अतिक्रमित संरचना भत्काइदै
शम्भुनाथ मन्दिरलाई सौन्दर्यकरण र व्यवस्थित गर्न अतिक्रमित संरचना भत्काइदै
सप्तरीको सुरुङ्गा नगरपालिका बैज्ञानिक गाउँ कार्यक्रम लागु भएको मुलुककै दोश्रो पालिका 
सप्तरीको सुरुङ्गा नगरपालिका बैज्ञानिक गाउँ कार्यक्रम लागु भएको मुलुककै दोश्रो पालिका 
दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो  बनाउन स्थानिय तहलाई आग्रह
दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो  बनाउन स्थानिय तहलाई आग्रह
चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली  प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर
चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली  प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर