दैनिक समाचारदाता
राजविराज, १ चैत ।
चार वर्ष अघि भएको सामुहिक बलात्कार काण्डको अभियोगमा पक्राउ परेका तीन जना युवालाई जिल्ला अदालतले १३ वर्ष कैद सजाय दिएको छ ।
न्यायाधिश उमेश कोइरालाको एकल इजलासले राजविराज नगरपालिका ४ का २३ वर्षिय शम्भु साह, राजविराज ८ का २८ वर्षिय नविन दत्त र राजविराज ९ का २० वर्षिय फुदिन खानलाई सो कैद सजाय दिइएको हो ।
२०७१ साल चैत १३ गते एसएलसी परीक्षा दिएर घर फर्कदै गरेकी राजविराजकै एक १६ वर्षिया सहपाठीलाई उनीहरुले सामुहिक बलात्कार गरेका थिए ।
उनीहरुलाई बलात्कारको कसुरमा ८ र सामुहिक बलात्कारको कसुरमा थप ५ वर्ष गरी १३ वर्ष कैद सजाय फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिएका छन् ।
पीडित पक्षको उजुरीको आधारमा सोही दिन बलात्कृत किशोरीको स्वास्थ्य परिक्षण र उपचार सुरु गराई प्रहरीले आरोपितहरुलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
बलात्कारका आरोपीलाई कडा कारवाहीको माग गर्दै आफन्त र विभिन्न संघ–संस्थाले त्यतिबेला दिनहुँ प्रदर्शन गर्दै आएका थिए । अदालतको फैसलाबाट परिवारजन तथा त्यतिबेला आन्दोलनरत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले खुशी व्यक्त गरेका छन् ।
सामुहिक बलात्कार काण्डका दोषिलाई १३ वर्ष कैद
सारांश
- न्यायाधिश उमेश कोइरालाको एकल इजलासले राजविराज नगरपालिका ४ का २३ वर्षिय शम्भु साह, राजविराज ८ का २८ वर्षिय नविन दत्त र राजविराज ९ का २० वर्षिय फुदिन खानलाई सो कैद सजाय दिइएको हो ।
- २०७१ साल चैत १३ गते एसएलसी परीक्षा दिएर घर फर्कदै गरेकी राजविराजकै एक १६ वर्षिया सहपाठीलाई उनीहरुले सामुहिक बलात्कार गरेका थिए ।
- उनीहरुलाई बलात्कारको कसुरमा ८ र सामुहिक बलात्कारको कसुरमा थप ५ वर्ष गरी १३ वर्ष कैद सजाय फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया