दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ ले राष्ट्रिय सभामा निर्वाचित सदस्य एवं सोही वडाका स्थानीयवासी समेत रहेका शेखर कुमार सिंहलाई बुधबार सम्मानित गरेको छ ।
वडा अध्यक्ष गोपी मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सिंहले आफुलाई ग्रामवासीहरुले सम्मान गरेकोमा धन्यवाद दिँदै गन्तन्त्रका नेता रामराजा प्रसाद सिंह र मधेशवादको शुरुवात गर्ने व्यक्ति गजेन्द्र नारायण सिंहको समेत जन्मभुमि पनि यही रहेको बताए ।
आफ्नो ६ वर्षको कार्यकालको समयलाई सद्पयोग गर्दै कोईलाडी गाउँको मान सम्मानलाई अगाडी बढाउने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
कार्यक्रममा तिलाठी कोइलाडी गाउँ पालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेन्द्र साह, विद्यालयका प्रध्यानध्पक दिपेन्द्र झाले शुभकामना मन्तव्य दिनुका साथै शिक्षिका पपी सिंहले स्वागत मन्तव्य दिएका थिइन् ।
राष्ट्रिय सभा सदस्य सिंह गृहगाउँमा सम्मानित
सारांश
- वडा अध्यक्ष गोपी मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सिंहले आफुलाई ग्रामवासीहरुले सम्मान गरेकोमा धन्यवाद दिँदै गन्तन्त्रका नेता रामराजा प्रसाद सिंह र मधेशवादको शुरुवात गर्ने व्यक्ति गजेन्द्र नारायण सिंहको समेत जन्मभुमि पनि यही रहेको बताए ।
- आफ्नो ६ वर्षको कार्यकालको समयलाई सद्पयोग गर्दै कोईलाडी गाउँको मान सम्मानलाई अगाडी बढाउने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
- कार्यक्रममा तिलाठी कोइलाडी गाउँ पालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेन्द्र साह, विद्यालयका प्रध्यानध्पक दिपेन्द्र झाले शुभकामना मन्तव्य दिनुका साथै शिक्षिका पपी सिंहले स्वागत मन्तव्य दिएका थिइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया