बसले हयासलाई ठक्कर दिँदा दुईको मृत्यु, ६ जना घाइते

राजविराज राजविराज
|
शुक्रबार, मंसिर ३, २०७८
|
|
२३ पटक हेरिएको
Shares
बसले हयासलाई ठक्कर दिँदा दुईको मृत्यु, ६ जना घाइते

सारांश

  •     मृत्यु हुनेमा हयसमा सबार काठमाडांै बस्ने ३८ बर्षीय ग्रीसमान सिँह र बिराटनगर बस्ने ४१ बर्षीय चुडाबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले जानकारी दिएका छन् ।
  •     पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सो सडक खण्डमा काठमाडौबाट पुर्व तर्फ जादै गरेको बा.
  • ४ख.

दैनिक समाचारदाता
राजविराज, २ मंसिर । 
    सप्तरीको कंचनपुरमा बिहीबार साँझ यात्रुबाहक बसले हायसलाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । 
    मृत्यु हुनेमा हयसमा सबार काठमाडांै बस्ने ३८ बर्षीय ग्रीसमान सिँह र बिराटनगर बस्ने ४१ बर्षीय चुडाबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले जानकारी दिएका छन् ।
    पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सो सडक खण्डमा काठमाडौबाट पुर्व तर्फ जादै गरेको बा.४ख. ५०७९ नम्बरको हायसलाई पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना.५ख. ४६९२ नम्बरको बसले ठक्कर दिदा सो दुर्घटना भएको हो ।
    सिंहको घटनास्थलमै मृत्यु भएको हो भने बस्नेतको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा अस्पताल नजिक ज्यान गएको प्रहरीले जनाएको छ ।
    दुर्घटनामा दुई जना गम्भिरसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये दुई जनाको बिराटनगरस्थित गोल्डेन अस्पताल र बाँकीको कंचनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ  । 
    यता दुवै सबारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
        यसैबीच रोकीराखेको बसमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका १ कविलासका अन्दाजी २८ वर्षीय भुपेन्द्र चौधरी छन् ।
    बुधबार राती जिल्लाको शम्भुनाथ नगरपालिका ५ मोहनपुरमा बिग्रिएर रोकी राखेको ना ५ ख ८० १० नम्बरको यात्रुबाहक बसमा प्रदेश २–०१–००१ प२९७१ नम्बरको मोटरसाइकल ठोकिदा चौधरी गम्भीर घाइते भएका थिए ।
    घाइते चौधरीलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा ल्याइएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
    दुबै सवारी साधन सहित बस चालकलाई नियन्त्रण लिई यसबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्योग व्यवसायलाई बिस्थापित हुनबाट  जोगाउन सउबा संघको अपील
उद्योग व्यवसायलाई बिस्थापित हुनबाट  जोगाउन सउबा संघको अपील
शोकमा काँग्रेस पार्टी कार्यालय  तीन दिन बन्द रहने
शोकमा काँग्रेस पार्टी कार्यालय  तीन दिन बन्द रहने
पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह
पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह
मधेशको राजनीतिमा नयाँ तरंग आउने ः फोरम अध्यक्ष यादव
सप्तरीमा अझ ४३ प्रतिशत विद्युत चुहावट, चुहावट नियन्त्रणबाट ६० लाख राजस्व असुली
सप्तरीमा अझ ४३ प्रतिशत विद्युत चुहावट, चुहावट नियन्त्रणबाट ६० लाख राजस्व असुली
स्वास्थ्यकर्मी संघ संगठनद्वारा लागु औषधमा पक्राउ  परेका स्वास्थ्य अधिकृत ठाकुरको रिहाईको माग
स्वास्थ्यकर्मी संघ संगठनद्वारा लागु औषधमा पक्राउ  परेका स्वास्थ्य अधिकृत ठाकुरको रिहाईको माग
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकरण,  हनुमाननगरमा टायर बालेर प्रर्दशन तथा चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्स तोडफोड
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकरण,  हनुमाननगरमा टायर बालेर प्रर्दशन तथा चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्स तोडफोड
गाँजाका बोटहरु फडानी गर्दै नष्ट
गाँजाका बोटहरु फडानी गर्दै नष्ट
रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
होली पर्वमा ५ सय २३ सुरक्षाकर्मीसहित  ड्रोन र सिसी क्यामराबाट निगरानी गरिने
होली पर्वमा ५ सय २३ सुरक्षाकर्मीसहित  ड्रोन र सिसी क्यामराबाट निगरानी गरिने